मुख्य समाचार
ब्राजिलको भालेममा जारी संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप ३० का क्रममा आगलागी
ब्राजिलको भालेममा जारी संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप ३० का क्रममा आगलागी

: ब्राजिलको भालेममा जारी संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप ३० का क्रममा आगलागी भएको छ। एक्कासी आगलागी भएपछि तत्काल स्थल खाली गर्नु परेको छ। यद्यपि, आगो चाँडै नियन्त्रणमा ल्याइएको छ।

आगो एउटा मण्डपमा लागेको थियो। लगभग छ मिनेटभित्र आगो नियन्त्रणमा ल्याइएको बताइएको छ। आगो लाग्ने वित्तिकै मानिसहरूलाई तुरुन्तै बाहिर निकालिएको थियो।


संयुक्त राष्ट्रसंघले आगो छ मिनेटभित्र निभाइएको र धुँवाको मुस्लोमा निसास्सिएका १३ जनाको उपचार गरिएको बताएको छ। आगलागीको कारण भने अझै खुलेको छैन।


जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनको वार्षिक कोप ३० जलवायु शिखर सम्मेलन नोभेम्बर १० जारी छ। सम्मेलनमा १९० भन्दा बढी देशका हजारौं मानिसहरू सहभागी छन्। सम्मेलन आज सकिदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ। यद्यपि, घटनामा कोही हताहत भएको खबर छैन। बीबीसीका अनुसार, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरूको टोली चढेको अर्को रेल आक्रमण हुनुभन्दा केही समयअघि मात्रै यही रेलमार्ग भएर गएको थियो । युक्रेनी अधिकारीहरूका अनुसार, यो ...
। ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो । हमलामा परेका मध्ये १३ जनालाई सुरक्षित उद्धार गरिएको र एक जना भारतीय नागरिकको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ । भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी ...
। नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् । सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न ...
। सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो । सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो । त्यसपछि सन् ...
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम