मुख्य समाचार
मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुन परिवर्तन गर्न विधेयकको मस्यौदा तयार पार्ने काम अघि बढाएको छ
मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुन परिवर्तन गर्न विधेयकको मस्यौदा तयार पार्ने काम अघि बढाएको छ

— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुन परिवर्तन गर्न विधेयकको मस्यौदा तयार पार्ने काम अघि बढाएको छ ।

शिक्षामन्त्री महावीर पुनले विधेयक तयार पार्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको नेतृत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्वउपकुलपति केदारभक्त माथेमालगायत विभिन्न विश्वविद्यालयका उपकुलपति सदस्य छन् ।

सरकारले २०८० पुसमा उच्च शिक्षा विधेयकको एकीकृत विधेयक अघि बढाएको थियो । कानुन मन्त्रालयले विधेयक सरोकारवालाहरुको पर्याप्त छलफलपछि मात्र अघि बढाउन सुझाव दिएपछि रोकिएको छ । जेन-जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले पुनः विधेयक अघि बढाउन लागेको हो ।

२०८० मा तयार भएको विधेयकलाई नै परिमार्जन र परिस्कृत गरिने अध्यक्ष अधिकारीले बताए । विज्ञहरुबाट सुझाव लिएर विधेयकको मस्यौदा तयार पारिने उनको भनाइ छ ।

हाल छुट्टाछुट्टै विश्वविद्यालय आआफ्नै ऐनबाट सञ्चालित छन् । सरकारले भने एकीकृत ऐनबाट विश्वविद्यालय सञ्चालन गर्ने र उनीहरुले निमय/नियमावली भने आआफ्नो अघि बढाउने अवधारणमा अघि सारेको छ । हाल अधिकांश विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था छ । उच्चस्तरीय शिक्षा आयोग २०७५ ले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर बोर्ड अफ ट्रष्टी अर्थात् प्राज्ञहरुको समूहबाट विश्वविद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो ।

सरकारले भने त्यसविपरीत त्रिविमा प्रधानमन्त्री र अन्य केन्द्रीय विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति हुने गरी २०८० मा विधेयक अघि बढाएको थियो । प्रादेशिक विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति हुने प्रस्ताव गरिएको थियो । केन्द्रीय, प्रादेशिक र निजी स्तरमा मानित विश्वविद्यालय स्थापना गर्न सकिने प्रस्ताव विधेयकमा गरिएको छ ।

केन्द्रीय विश्वविद्यालयलाई पनि वर्गीकरण गरी प्रदेशमा लैजान सकिने, प्रादेशिक विश्वविद्यालयले प्रदेशभित्र मात्रै क्याम्पस सञ्चालन गर्न पाउने तत्कालीन मस्यौदामा उल्लेख छ । त्यस्तै उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने, विदेशी सम्बन्धनका कलेज समेत सोही ऐनमातहत विश्वविद्यालय अनुदान आयोगले सञ्चालन हुने व्यवस्था गर्ने समावेश छ ।

शिक्षामन्त्री पुन सचिवालयले विधेयकको मस्यौदा प्राप्त भएपछि राष्ट्रिय सभामा विधेयक दर्ता गर्ने वा अध्यादेशबाट उच्चशिक्षा सम्बन्धी कानुन परिवर्तन विषयमा छलफल जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिन (५ मंसिर, २०६३) को सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा वक्ता रहेका पुनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताए । द्वन्द्वको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुसँग वार्ता गर्ने नाममा सरकारले ‘तमासा’ गरेको आरोप लगएका छन् । एमाले युवाहरुको 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गर्दै ओलीले मुलुकको समस्या समाधान गर्न मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न उनले आग्रह गरे । ‘वार्तामा १२५ पार्टीहरुलाई बोलाएर कांग्रेस-एमालेलाई अपमान गरिएको छ । वार्ताका नाममा यो तमसा हो,' उनले भने, 'तर हामी ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् । नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे । ‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका ...
— एमालेले युवाहरुको अर्को संगठन 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ...
: दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना भएको हो । साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका ...