मुख्य समाचार
इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको पहिलो एसेज टेस्टको पहिलो दिन दुवै टिमका गरेर १९ विकेट झरे
इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको पहिलो एसेज टेस्टको पहिलो दिन दुवै टिमका गरेर १९ विकेट झरे

— इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको पहिलो एसेज टेस्टको पहिलो दिन शुक्रबार दुवै टिमका गरेर १९ विकेट झरेका छन् । नाटकीय सावित दिनको खेल टुंगिदा अस्ट्रेलिया नौ विकेट गुमाएर १ सय २३ रनको स्थितिमा छ र अझै ४९ रनले पछाडि रहेको छ ।


पर्थमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ७२ रन बनाएर अलआउट भएको थियो । त्यसमा ह्यारी ब्रुक्सले ५२ र ओली पोपले ४६ रन बनाए । यस्तै जेमी स्मिथले ३३ रन जोडे । अस्ट्रेलियाली बलरमध्ये मिचेल स्टार्कले ५८ बलमा सात विकेट लिए ।

अस्ट्रेलियाका लागि भने एलेक्स क्यारीले बनाएको २६ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उसका लागि नथान लियोन तीन र ब्रेन्डन डगेट शून्यमा खेलिरहेका छन् । इंग्लिस बलरमध्ये बेन स्टोक्सले २३ रनमा पाँच विकेट लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो। चितवनले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १८.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रनसहित लक्ष्य पूरा गरेको हो। ...
। अखिल नेपाल फुटबल संघ (एनणफा) र ए डिभिजन क्लबहरुको बैठक सकिएको छ । यही मंसिर ७ गते फुटबल खेलाडी संघसहित फेरी बस्ने गरी बिहीबारको एन्फा र ए डिभिजन लिगका क्ललबहरूको बैठक सकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ए डिभिजन क्लबलहरुले बिहीबार बिहान ९ बजे एन्फा गेट अगाडि विभिन्न माग राख्दै धर्नामा उत्रिएका थिए ...
। त्रिभुवन विश्वविद्यालयले एनपीएल हेर्न आउने दर्शबाट शुल्क उठाउन कसैलाई अनुमति नदिएको जनाएको छ । त्रिविले एक सूचना जारी गरेर भनेको छ, ‘नेपाल क्रिकेट संघद्वारा सञ्चालित क्रिकेट खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारी साधनहरु रंगशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ्ग गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको छ ।’ पार्किङ शुल्कबारे कसैसँग सम्झौता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको चौथो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा १४७ रन बनाउँदै अलआउट भएको थियो। सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो। काठमान्डुका लागि ओपनर आकाश ...
— नेपाल एसिया कप छनोट तेस्रो चरणको मंगलबार क्वालालम्पुरमा भएको खेलमा मलेसियासँग १–० ले पराजित भएको छ । मलेसियाले पूरा खेल अवधिमा लगातार आक्रमण बुने पनि नेपाल साँघुरो हार निकाल्न सक्षम रह्यो । खेलको एक मात्र गोल फैसल हलिमले ५६ औं मिनेटमा गरे । नेपालका अधिकांश खेलाडी रक्षात्मक भूमिकामा रहे र गोलरक्षक तथा कप्तान किरण लिम्बूले पनि ...