— एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुसँग वार्ता गर्ने नाममा सरकारले ‘तमासा’ गरेको आरोप लगएका छन् ।
एमाले युवाहरुको 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गर्दै ओलीले मुलुकको समस्या समाधान गर्न मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न उनले आग्रह गरे ।
‘वार्तामा १२५ पार्टीहरुलाई बोलाएर कांग्रेस-एमालेलाई अपमान गरिएको छ । वार्ताका नाममा यो तमसा हो,' उनले भने, 'तर हामी त्यो तमासा हेर्न गइरहेका छौं । आफ्ना कुरा गरिरहेका छौ,’ उनले भने, ‘प्रधानमन्त्रीजी शन्तिपूर्ण वातावरण बनाउनुस् । लुटिएका हतियार फिर्ता ल्याउनुस् । तपाईं सक्नु हुन्न । देशलाई अरु अशान्ति, अस्थिरता र बर्बादीतिर जान नदिऔं । त्यसकारण प्रतिनिधिसभाको अविलम्ब पुनर्स्थापना गरौं ।' देशका शान्तिको ठाउँमा अराजकताले राज गरेको पनि उनले बताए ।