मुख्य समाचार
निर्वाचन आयोगले ८ लाख जनाले मतदाता नामावलीमा नाम दर्ता
निर्वाचन आयोगले ८ लाख जनाले मतदाता नामावलीमा नाम दर्ता

: निर्वाचन आयोगले ८ लाख जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सीमासम्म ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

निर्वाचन कार्यालयमा गएर ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० नयाँ मतदाताले आवेदन दिएका हुन्। गत असोज ९ गते नयाँ मतदाता नामावली संकलन सुरु गरिएको थियो। आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार संकलित मतादातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली मंसिर २० गते प्रकाशन गरिनेछ।


आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म https://applyvr.election.gov.np वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ। सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी संवत् २०८२ पौष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।’


आयोगले २०८२ मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना वा उजुरी दिन सकिने जनाएको छ। थपिएका मतदातासहित कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६ सय ६४ पुगेको निर्वाचन आयोगले जनाएको छ। २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोरङ क्षेत्रनम्बर ५ का निवर्तमान स्वतन्त्र सांसद योगेन्द्र मण्डलले नेतृत्व गरेको राष्ट्रिय ऊर्जाशील पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगबाट शुक्रबार दल दर्ताको प्रमाणपत्र पाएको हो । दल दर्ताको प्रकृया पुरा भएपछि निर्वाचन आयोगका सचिव महादेव पन्तले पार्टीका अध्यक्ष मण्डललाई दल दर्ताको प्रमाणपत्र हस्तान्त्रण गरे । पार्टीको चुनाव चिन्ह ‘चापाकल’ राखिएको छ । २०७९ ...
। गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहाका ४७ वर्षीय बोम बहादुर खत्री मृत अवस्थामा फेला परेको छन् । कात्तिक २८ गते घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेका खत्रीलाई घरपरिवार र स्थानीयको सहयोगमा खोजतलासको क्रममा शुक्रबार आफ्नै घरदेखि उत्तरतर्फको भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले घटना स्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको ...
। जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । ...
: प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवलाई सिंहदरबारमा उनले विशेष निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले सचिवहरूलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि ...
इजलासमा अभद्र तथा अवाञ्छित व्यवहार गरेको आरोपमा दिनेश कुमार लम्साललाई प्रहरीले पक्राउ