। गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहाका ४७ वर्षीय बोम बहादुर खत्री मृत अवस्थामा फेला परेको छन् ।
कात्तिक २८ गते घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेका खत्रीलाई घरपरिवार र स्थानीयको सहयोगमा खोजतलासको क्रममा शुक्रबार आफ्नै घरदेखि उत्तरतर्फको भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीले घटना स्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा टोली खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।