मुख्य समाचार
उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र
उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र

। उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ ।

साथै पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ ।

यो पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय छ ।

केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालका अनुसार दल दर्तासँगै पार्टीको बृहत घोषणासभाको तयारी गरिएको छ ।

१७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो लिएको र उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिएको र सोही कुरा र टेलिभिजनमार्फत् पनि भनेको आरोपमा दोषी ...
। बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो । बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ । त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।
। प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छिन् । सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उजागर गरेका छन् । प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह ...
। रामेछाप खाँडादेवी गाउपालिका ४ रजगाउँमा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने बर्ष ५३ की गितामाया जोगी छन् । दुर्घटनामा घाइते जोगीको उपचारको क्रममा मन्थली अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले ...
। बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् । शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् । बाराका जेनजी संयोजक सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको ...