मुख्य समाचार
रामेछापमा सुमो दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते
रामेछापमा सुमो दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

। रामेछाप खाँडादेवी गाउपालिका ४ रजगाउँमा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने बर्ष ५३ की गितामाया जोगी छन् ।

दुर्घटनामा घाइते जोगीको उपचारको क्रममा मन्थली अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए ।

माडी मुहान त्रिवेणीको भित्रि सडक खण्डमा रजगाँउबाट मन्थलीतर्फ जाँदै गरेको ना १ ज ५५५८ न.को सुमो अनियन्त्रित भई सडकबाट ५० मिटर तल झरी दुर्घटना हुँदा सुमोका चालक सहित ८ जना घाइते भएका थिए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा मन्थली न.पा.–२ तल्लो कठजोर बस्ने वर्ष–१४ की सञ्चिता श्रेष्ठ, मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने वर्ष–७० की तिलमाया श्रेष्ठ, वर्ष ४९ को रमेश बुढाथोकी, वर्ष–५० की कृष्णमाया खड्का, वर्ष ५५ की हित कुमारी श्रेष्ठ, वर्ष ७८ की चेत कुमारी श्रेष्ठ र वर्ष–४० की कोपिला श्रेष्ठ घाइते भएका छन् ।

घाइतेमध्ये कृष्णमाया खड्काको शरीरको भित्रि भागमा चोट (बोल्न नसक्ने), बर्ष ४९ को रमेश बुढाथोकीको शरिरको भित्री भागमा चोट (बोल्न नसक्ने) कोपिला श्रेष्ठको टाउकोमा चोट ( गम्भिर), चेत कुमारी श्रेष्ठ टाउकोमा चोट र तिलमाया श्रेष्ठ (बाँया खुट्टामा चोट) लाई थप उपचारको लागि धुलिखेल अस्पताल र काठमाण्डौ ट्रमा सेन्टर रिफर गरिएको छ ।

घाइतेमध्ये अधिकांश मन्थली नगरपालिका कठजोरका छन् । दुर्घटनास्थलबाट घाइतेहरूको स्थानिय र प्रहरीको सकृयतामा उद्धार गरी मन्थली अस्पताल रामेछापमा ल्याई प्रारम्भिक उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो लिएको र उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिएको र सोही कुरा र टेलिभिजनमार्फत् पनि भनेको आरोपमा दोषी ...
। बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो । बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ । त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।
। प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छिन् । सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उजागर गरेका छन् । प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह ...
। बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् । शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् । बाराका जेनजी संयोजक सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको ...
अर्थ मन्त्रालयका २० सवारीसाधनको गरियो पूर्णबीमा