मुख्य समाचार
युक्रेनका सहयोगीले रूस र युक्रेनबीचको युद्ध रोक्नका लागि अमेरिकी शान्ति योजनाबारे छलफल गर्ने
युक्रेनका सहयोगीले रूस र युक्रेनबीचको युद्ध रोक्नका लागि अमेरिकी शान्ति योजनाबारे छलफल गर्ने

: युक्रेनका सहयोगीले रूस र युक्रेनबीचको युद्ध रोक्नका लागि अमेरिकी शान्ति योजनाबारे छलफल गर्ने भएका छन्। दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलनमा अमेरिकाको शान्ति योजनामा ​​उनीहरूबीच छलफल हुने भएको हो।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनका सहयोगीले युद्ध अन्त्य गर्ने अमेरिकाको प्रयासलाई बलियो बनाउने बताए। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी योजना स्वीकार गर्ने दबाबका कारण युक्रेन आफ्नो इतिहासको सबैभन्दा कठिन क्षणबाट गुज्रिरहेको बताए।


शुक्रबार जेलेन्स्कीले केयर स्टारमरका साथै फ्रान्स र जर्मनीका नेतासँग फोनमा कुरा गरे। मिडियामा चुहावट भएको यो शान्ति योजनामा ​​युक्रेनका लागि पनि उसले पहिले नै अस्वीकार गरेको सर्त राखिएको छ।


२८ बुँदे योजनामा ​​युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता, सेना घटाउने र कहिल्यै पनि नेटोमा सामेल नहुने ग्यारेन्टी जस्ता सर्त छन्। रुसले २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेको थियो। हाल, यसले युक्रेनको २० प्रतिशत भूभाग ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ। यद्यपि, घटनामा कोही हताहत भएको खबर छैन। बीबीसीका अनुसार, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरूको टोली चढेको अर्को रेल आक्रमण हुनुभन्दा केही समयअघि मात्रै यही रेलमार्ग भएर गएको थियो । युक्रेनी अधिकारीहरूका अनुसार, यो ...
। ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो । हमलामा परेका मध्ये १३ जनालाई सुरक्षित उद्धार गरिएको र एक जना भारतीय नागरिकको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ । भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी ...
। नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् । सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न ...
। सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो । सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो । त्यसपछि सन् ...
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम