मुख्य समाचार
कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित
कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित

। मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ ।

लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । ४४ बल खेलेका उनले ६ चाैका र १२ छक्का प्रहार गरे । उनले बाउण्ड्रीबाटै ९६ रन जोडेका थिए ।
यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए ।

ओपनिङमा प्रमोट भएका मार्क वाटले पहिलो विकेटका लागि प्रियांक पान्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

पहिलो खेलमा ९० रन बनाएका पान्चल आज १२ रन बनाएर आउट भए । लुम्बिनीका शेर मल्लले जेजे स्मिथबाट पान्चललाई क्याचआउट गराए ।

त्यसपछि वान डाउनमा आएका विलियम बोसिस्टोसँग मार्क वाटले अर्को राम्रो साझेदारी गरे ।

वाटले लुम्बिनीविरुद्ध विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीका बलरहरुमाथि हावी बने । दोस्रो विकेटका लागि वाट र बोसिस्टोले शतकिय साझेदारी गरे । बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए ।

रोहितले ४३ बल खेल्दै ४ चाैका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे ।

रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चाैका र ३ छक्का प्रहार गरे ।

यस्तै जेजे स्मिथले १४ बलमा २ चाैका र १ छक्का मदतमा २३ तथा डार्शी सटले १९ रन जोडे । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।

पहिलो १० ओभरमा कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम