मुख्य समाचार
ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्युनीकरणमा आफैँले निभाएको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्‍याए
ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्युनीकरणमा आफैँले निभाएको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्‍याए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्युनीकरणमा आफैँले निभाएको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्‍याएका छन् ।

न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान मम्दानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यो दाबी पुनः अघि सारेका हुन् ।

चुनावी विजयपछि पहिलो औपचारिक अन्तरक्रियाका लागि वासिङ्टन पुगेका मम्दानी र राष्ट्रपति ट्रम्पबीचको भेट ओभल अफिसमा सम्पन्न भयो । राष्ट्रपति ट्रम्पले बैठकलाई ‘उत्कृष्ट’ भन्दै उनीसँग कुरा गर्न ‘रमाइलो’ लागेको टिप्पणी गरे ।

संयुक्तरूपमा पत्रकारहरूसामु उभिँदा राष्ट्रपति ट्रम्पले मे महिनामा भारत–पाकिस्तानबीच उत्पन्न गतिरोधको पुनः स्मरण गर्दै दोहोर्‍याए, ‘मैले भारत र पाकिस्तानसहित आठ राष्ट्रसँग आठ शान्ति सम्झौता गरेँ ।’

उनले उक्त तनावलाई नियन्त्रणमा ल्याउन आफ्नो प्रशासनले निर्णायक भूमिका खेलेको दाबी निरन्तर गर्दै आएका छन् ।

उनका पछिल्ला टिप्पणीहरू यसै हप्ता उनले बारम्बार गर्दै आएका समान अभिव्यक्तिसँग मेल खान्छन् । बुधबार राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान दुवैले शत्रुता अन्त्य नगरे ३५० प्रतिशतसम्म आयात शुल्क लगाइने धम्की दिएको दाबी गरेका थिए । उनका अनुसार, यही दबाबले दुईवटा आणविक–सशस्त्र छिमेकी राष्ट्र युद्ध–स्तरको टकरावबाट पछाडि हट्न बाध्य भएको उनको जिकिर छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई ‘हामी युद्धमा जाने छैनौँ’ भनेको पनि राष्ट्रपति ट्रम्पले पुनः उद्धृत गरे । मे १० देखि जब उनले सामाजिक सञ्जालमा भारत–पाकिस्तानबीच वासिङ्टनले ‘सहज बनाएको’ लामो वार्तापछि ‘पूर्ण र तत्काल’ युद्धविराम भएको उल्लेख गरे, त्यसयता उनले ६० भन्दा बढी पटक शान्ति सहजकरणमा आफ्नो ‘सहयोग’ रहेको दाबी दोहोर्‍याइसकेका छन् ।

तर भारतले भने निरन्तर रूपमा कुनै पनि तेस्रो पक्षको मध्यस्थता अस्वीकार गर्दै आएको छ । अप्रिल २२ मा काश्मीरको पहलगाममा धर्मको नाममा गराइएको आतङ्कवादी आक्रमणमा २६ जना सर्वसाधारण मारिएपछि भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित काश्मीर (पिओके) स्थित आतङ्कवादी पूर्वाधारलाई लक्षित गर्दै मे ७ मा अपरेसन सिन्दूर सुरु गरेको थियो । करिब चार दिनसम्म चलेको भारी ड्रोन तथा मिसाइल आदानप्रदानपछि दुवै पक्ष मे १० मा शत्रुता अन्त्य गर्न सहमत भएका थिए ।

ह्वाइट हाउसमा नवनिर्वाचित मेयर मम्दानीको उपस्थितिले न्युयोर्क सहरको नेतृत्वमा ऐतिहासिक मोड सङ्केत गरेको छ । उनी संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो नगरको नेतृत्व गर्ने पहिलो दक्षिण एसियाली तथा पहिलो मुस्लिम नेता बनेका छन् । चुनावभरि अत्यधिक लोकप्रिय मानिएका ममदानीले रिपब्लिकन कर्टिस स्लिवा तथा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका पूर्व गभर्नर एन्ड्र्यु कुओमो दुवैलाई पराजित गरे । कुओमोले अन्तिम क्षणमा राष्ट्रपति ट्रम्पको समर्थनसमेत प्राप्त गरेका थिए । एएनआई

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...