मुख्य समाचार
विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराए
विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराए

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको आठौँ खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको छ। यो विराटनगरको लगातार दोस्रो जित हो। काठमान्डुको भने यो दोस्रो हार हो।

त्रिवि क्रिकेट स्टेडियममा काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो।


विराटनगरको लागि जर्ज मुन्सेले सर्वाधिक उनले १६ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए। दोस्रो विकेटको लागि मुन्सेले मार्टिन गप्टिलसँग ५३ रनको साझेदारी गरे।


विराटनगरको पहिलो विकेटको रुपमा लोकेश बमको विकेट गयो। लोकेशले १० बलमा २ छक्कासहित १४ रन बनाएर क्याच भए। दोस्रो विकेटको रुपमा जर्ज मुन्सेको विकेट गयो। मार्टिन गप्टिलले १९ बलमा २५ रन बनाए।

वसिर अहमद १९ रनमा क्याच भए। नरेन भट्ट ले २४ रन बनाए। शुभम रञ्जाने ६ र सन्दीप लामीछाने ९ रनमा अविजित रहे।

काठमान्डु गोर्खाजको लागि बलिङ तर्फ साहब आलमले २ र करण केसी, जेहरार्ड इरास्मस र सन्तोष यादवले १–१ विकेट लिए।

पहिलो इनिङ्समा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

काठमान्डुको लागि आदिल आलमले ३ पटक जीवनदान पाउँदै ४८ रनमा अविजित रहे। उनले । २५ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

ओपनर आकाश त्रिपाठी डकआउट हुँदा, रिकार्डो भास्कोन्सेलोस ३ र प्रतिक श्रेठ ३ रनमा पेभेलियन फर्किए। जेहरार्ड इरास्मरले १० रन बनाए।

पाँचौं विकेटको रुपमा वेन चार्लेसवर्थले ३२ रन बनाएर पेभेलियन फर्किए । काठमान्डुले १७.४ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो।

१७.५ मा काठमान्डुले छैटौँ विकेट गुमायो। सन्तोष यादवले २४ बलमा १ छक्कासहित २६ रन बनाए। छैटौँ विकेटका लागि आदिल आलम र सन्तोष यादवले ४५ रनको साझेदारी गरे। धरापमा परेको काठमान्डुको ब्याटिङलाई आदिल र सन्तोषले उकास्दै १०० माथि पुर्याएका थिए। जोन सिम्पसन ७ रनमा अविजित रहे।

विराटनगर किंग्सको लागि मर्चेन्ट डी लाङ्गेले २ विकेट लिँदा, शुभम सञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले १–१ विकेट लिए।

विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो।

काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो। काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको हो।

जनकपुर बोल्ट्स बाहेक सबै टिमले दुई खेल खेलिसकेका छन्। आइतबार कुनैपनि खेल छैनन्। सोमबार दुई खेल छन्। सोमबारको पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबिच हुनेछ। दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम