मुख्य समाचार
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको समग्र निर्माण प्रगति ५० प्रतिशत
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको समग्र निर्माण प्रगति ५० प्रतिशत

— भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको समग्र निर्माण प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुईवटा प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।


यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत पुगेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको सडक विभागले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन। निर्माण प्रगति, समस्या लगायतका विषयमा सडक विभागका महानिर्देशक विजय जैसी , आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम भएको भन्दै निर्माणलाई तिब्रता दिन आग्रह गरे।

आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्नेगरी काम गर्न मन्त्रीले घिसिङल आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनको भनाई थियो ।


सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले छिटो काम सक्न ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।

मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह पनि गरे ।



दुबै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । साँगा—धुलिखेल खण्डमा २ किमि सडक कालोपत्रे गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रौतहटको चन्द्र्रनिगाहपुरमा सशस्त्र प्रहरीले शनिबार दुइटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकबारे अनुसन्धान गर्न सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित देउराली चोकबाट सशस्त्र प्रहरी बलको टोलीले पैदल हिँडिरहेको अवस्थामा चेक गर्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई मेड इन इटाली लेखेको अटोमेटिक बेरेटा पेस्तोल ...
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए । 'मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी ...
— चितवनको कालिका नगरपालिका-११ सिद्धि कल्याणचौरमा शनिबार राति भएको दुर्घटनामा एकजनाको निधन भएको छ । दुर्घटनामा खैरहनी नगरपालिका-४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते भएका उनलाई उपचारका लागि भरतपुर पुर्‍याइए पनि राति नै उनको मृत्यु भएको थियो। न्यौपानेले चलाएको बा १८ च ८९७३ नम्बरको ...
— आफ्नै छिमेकीलाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा सल्यानमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका-६ सेराडाँडा घर भएका १९ वर्षीय पत्रुस दर्लामी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीका अनुसार दर्लामीले स्थानीय १८ वर्षीय डम्मर बिकलाई बन्चरो प्रहार गरेका थिए । दर्लामीलाई घर ...
— ठेकदारको लापरबाहीका कारण उदयपुरको त्रियुगा बसपार्क निर्माणको काम अलपत्र परेको छ । चार वर्षअघि नै निर्माण सकिएर सञ्चालनमा आउनुपर्ने बसपार्क अलपत्र बनेको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याको चापलाई मध्यनजर गर्दै कोशी प्रदेशकै नमुना बसपार्कको रुपमा २०७६ सालबाट सुरु गरिएको बसपार्क निमार्णको काम अधुरै छाडेर ठेकदार कम्पनी ‘बेपत्ता’ भएको हो । त्रियुगा नगरपालिका–१२ गाईघाटस्थित त्रियुगा ...