मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

— मेचीनगर नगरपालिका-१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।


सोही वडाका ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएको थियो । उपचारकै क्रममा राउतको मृत्यु भएको उहाँले बताउनुभयो । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसैगरी, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बीउबिजनको व्यापार गर्न आउनुभएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको शनिबार मृत्यु भएको छ । शनिबार दिउँसो अचानक चक्कर लागि बेहोस भएपछि उहाँलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएको थियो । उपचारका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रौतहटको सदरमुकाम गौरमा शनिबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको हो । मौलापुर नगरपालिका-४ पतौरा टोल घर भई गौर नगरपालिका-५ बस्दै आएका सुनिल साहको ५ वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । गौरस्थित हनुमान मन्दिर नजिक स्थानीय ...
— राहदानी अभावको समस्या समाधान गर्न राहदानी विभागले पुरानै आपूर्तिकर्तासँग थप ७ लाख प्रति राहदानी खरिद गर्ने भएको छ । विभागले फ्रान्सेली कम्पनी आइडेमियासँग थप राहदानी खरिद गर्न सम्झौता गरेको हो । भण्डार रित्तिँदै गएपछि विभागले राहदानी वितरणमा दुई तिहाइले कटौती गरेको थियो । विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशी नियोगबाट दिनमा ५–६ हजार प्रति राहदानी वितरण हुँदै ...
— रौतहटको चन्द्र्रनिगाहपुरमा सशस्त्र प्रहरीले शनिबार दुइटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकबारे अनुसन्धान गर्न सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित देउराली चोकबाट सशस्त्र प्रहरी बलको टोलीले पैदल हिँडिरहेको अवस्थामा चेक गर्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई मेड इन इटाली लेखेको अटोमेटिक बेरेटा पेस्तोल ...
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए । 'मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी ...
— चितवनको कालिका नगरपालिका-११ सिद्धि कल्याणचौरमा शनिबार राति भएको दुर्घटनामा एकजनाको निधन भएको छ । दुर्घटनामा खैरहनी नगरपालिका-४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते भएका उनलाई उपचारका लागि भरतपुर पुर्‍याइए पनि राति नै उनको मृत्यु भएको थियो। न्यौपानेले चलाएको बा १८ च ८९७३ नम्बरको ...