— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबोआमाथि ४–० को सजिलो जित निकाल्दै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
उसको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ ।
रियल म्याड्रिड पनि समान ३१ अंक छ । बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे । यस्तै रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले एक एक गोल गरे । बिलबाओ १७ अंकमा आठौं स्थानमा छ ।
अर्को प्रमुख खेलमा भिल्लारियलले रियल मार्लोकालाई २–१ ले हरायो । यस जितपछि भिल्लारियल २९ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।
रियल सोसिडाड भने ओसासुनामाथि ३–१ ले विजयी रह्यो ।