— चितवनको कालिका नगरपालिका-११ सिद्धि कल्याणचौरमा शनिबार राति भएको दुर्घटनामा एकजनाको निधन भएको छ ।
दुर्घटनामा खैरहनी नगरपालिका-४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
घाइते भएका उनलाई उपचारका लागि भरतपुर पुर्याइए पनि राति नै उनको मृत्यु भएको थियो। न्यौपानेले चलाएको बा १८ च ८९७३ नम्बरको बलेरो गाडी पहाडी बाटोमा आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।
प्रहरीका अनुसार गाडी बाटोबाट लगभग डेढ सय मिटर तल खसेको थियो।