मुख्य समाचार
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता

— मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ ।


सरकार र महाभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो ।

'वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको छ । छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ,' सहमतिपत्रमा उल्लेख छ, 'महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ ।'

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो । महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र निराजन प्रसाईं पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । प्राकृतिक विपद्‍मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ । ‘नेपाल मेडिकल ...
। विपद्‌ प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् । कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, ...
: त्रिशूली नदीमा फेला परेका तथा हालसम्म पहिचान हुन नसकेका शवका आंशिक अंग धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी हाइटको ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव तथा मानव अंगमध्ये पहिचान हुन नसकेका आंशिक अंगलाई भविष्यमा समेत आवश्यक परे पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ...
: रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन गर्न थालिएको छ। सोमबार दिउँसोसम्म ४५ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए। शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरु खटिएका छन्। गण्डक क्षेत्रमा फेला परेका शवहरु राख्ने ठाउँ अभाव भएपछि पृथ्वीचन्द्र ...
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...