मुख्य समाचार
मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु
मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु

— मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।


१९ वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए ।

प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो । मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले जेन–जेड प्रदर्शनमार्फत परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद आवश्यक रहेको ठहर गरेको छ । असोज २८ देखि बसेको केन्द्रीय कार्यसमितिको शनिबारको बैठकले आंशिक निर्णय गर्दै सुशासन र पारदर्शिता लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गरिनुपर्ने निर्णय गरेको हो । ‘संविधानको मर्म र मूल्य मान्यताबमोजिम रूपान्तरणसहित देशलाई शान्ति, समुन्नति र ...
— २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनम भाग लिन चाहने दललाई दर्ता हुन १ देखि १० मंसिरसम्म समयसीमा तोकिएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस र दोस्रो रहेको एमालेले भने हालसम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका छैनन् । कांग्रेसले शनिबार निर्वाचनमा भाग ...
— रौतहटको सदरमुकाम गौरमा शनिबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको हो । मौलापुर नगरपालिका-४ पतौरा टोल घर भई गौर नगरपालिका-५ बस्दै आएका सुनिल साहको ५ वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । गौरस्थित हनुमान मन्दिर नजिक स्थानीय ...
— राहदानी अभावको समस्या समाधान गर्न राहदानी विभागले पुरानै आपूर्तिकर्तासँग थप ७ लाख प्रति राहदानी खरिद गर्ने भएको छ । विभागले फ्रान्सेली कम्पनी आइडेमियासँग थप राहदानी खरिद गर्न सम्झौता गरेको हो । भण्डार रित्तिँदै गएपछि विभागले राहदानी वितरणमा दुई तिहाइले कटौती गरेको थियो । विभाग, जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशी नियोगबाट दिनमा ५–६ हजार प्रति राहदानी वितरण हुँदै ...
— रौतहटको चन्द्र्रनिगाहपुरमा सशस्त्र प्रहरीले शनिबार दुइटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकबारे अनुसन्धान गर्न सशस्त्रले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित देउराली चोकबाट सशस्त्र प्रहरी बलको टोलीले पैदल हिँडिरहेको अवस्थामा चेक गर्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई मेड इन इटाली लेखेको अटोमेटिक बेरेटा पेस्तोल ...