मुख्य समाचार
सरकारलाई प्रहरी पनि एमाले, अदालत पनि एमाले जस्तो लाग्न थालेको छ
सरकारलाई प्रहरी पनि एमाले, अदालत पनि एमाले जस्तो लाग्न थालेको छ

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्वीकार गरेको बताएका छन्। एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले सुशीला कार्की सरकार कृत्रिम ढंगले गठन भएको बताएका हुन्।

‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रिक चरित्र देखाउन सक्दैन ’ उनले भने, ‘यो सरकारको संवैधानिक परीक्षण हुनै पर्दछ। संविधानले यसलाई कुनै हालतले उचित ठहराउन सक्दैन।’


मानिसको पुस्तासँग जोडेर जेनजी भनिएकोमा यो शब्दावलीलाई अध्यक्ष ओलीले कृतिमको संज्ञा दिए। ‘जेनजीका नाममा युवाहरूलाई दिग्भ्रमित पार्ने र युवालाई दुरुपयोग गर्ने काम भएको छ’ उनले भने, ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा लडिरहेका थियौँ। यस्तो बेला युवाहरूलाई भड्काएर हामी विरुद्ध प्रयोग गरियो । देश जलाएर खरानी पारियो।’



अध्यक्ष ओलीले कुनै नाटक गरेर देश नचल्ने चेतावनी दिए। उनले फागुन २१ मा निर्वाचन गराउने कुरा यो सरकारले नसोचेको दाबी गरे। नहुने निर्वाचनको भ्रममा नपर्न उनले सबैलाई आग्रह गरे। ‘नेतालाई बाहिर जाने आदेश छैन । जेनजीका नामले एयरपोर्ट बन्द गरेको छ। प्रहरी माथि आक्रमण गरेको छ। प्रहरीलाई प्रतिवाद गर्ने आदेश छैन’ उनले भने, ‘सरकारलाई प्रहरी पनि एमाले, सशस्त्र पनि एमाले, अदालत पनि एमाले, सेना पनि एमाले जस्तो लाग्न थालेको छ, कर्मचारी पनि एमाले लाग्न थालेको छ। रेबिज लागेको एउटा जनावरले जता पनि पानी देख्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ। आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा ...
: नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो। आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन ...
: नयाँ बसपार्क नजिक सडक किनारामा भेटिएकाको शव अझै सनाखत हुन सकेको छैन । शनिबार बिहान सडक किनारमा तन्नामा पोको पारेको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । शव कुहिएर गन्हाएको अवस्थामा फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उक्त शव ...
: सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम 'आदेश किन जारी हुनु नपर्ने हो'भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले भनेको हो। राजदूत फिर्ता बोलाउने सरकारको ...
: जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मङ्सिर ५ गतेसम्ममा दर्ता भएका मतदाता नामावली तथ्यांक सार्वजनिक गरेको छ। कार्यालयको तथ्यांकअनुसार जिल्लामा १६ हजार ८ सय ७७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६ सय ६९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम