मुख्य समाचार
खाडी मुलुकमा १४ वर्षयदेखि लागू भएको ‘तलब सुरक्षा प्रणाली’ (डब्लूपीएस) प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको
खाडी मुलुकमा १४ वर्षयदेखि लागू भएको ‘तलब सुरक्षा प्रणाली’ (डब्लूपीएस) प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको

— खाडी मुलुकमा १४ वर्षयदेखि लागू भएको ‘तलब सुरक्षा प्रणाली’ (डब्लूपीएस) प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको आईएलओको नयाँ प्रतिवेदनले देखाएको छ ।


आईएलओ र खाडी समन्वय परिषद (जिसीसी) सदस्य राष्ट्रका श्रम तथा सामाजिक मामिला मन्त्रीहरूको परिषद्को कार्यकारी ब्युरो (इबी–जिसीसी) ले तयार गरेको संयुक्त प्रतिवेदन आइतबार जेनेभामा सार्वजनिक गरिएको हो ।

यस प्रतिवेदनमा खाडीमा श्रमिकको सुरक्षाको लागि लागु गरिएको ‘डब्लूपीएस’ को कार्यान्वयन, प्रभावकारिता र कमजोरीबारे प्रश्न उठाइएको छ ।

नेपाली श्रमिकका प्रमुख गन्तब्य संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा श्रमिकलाई रोजगारदाताले दिने करारपत्र फेरबदल हुने जोखिम कायमै रहेको प्रतिवेदनमा उल्लेख छ । खाडीमा नेपाली श्रमिकले करारपत्रमा उल्लेख भएको तलब परिवर्तन हुने र नियमित तलब नपाउने समस्या भोगिरहेका छन् । खाडी क्षेत्रमा मात्रै झन्डै १५ लाख नेपाली कार्यरत छन् । त्यहाँका सम्बन्धित नेपाली दुतावासमा हरेक दिन सयौं नेपाली श्रमिक तलव नपाएको समस्या लिएर पुग्ने गरेका छन् ।

खाडी सहयोग परिषद् (जिसीसी) का सबै सदस्यहरु क्रमशः बहराइन, कुवेत, साउदी अरब, ओमान, कतार र संयुक्त अरव इमिरेट्समा निजी क्षेत्रका श्रमिकको तलब भुक्तानी अनुगमन गर्ने उद्देश्यले डब्लूपिएस सुरु गरिएको थियो । सन् २००९ मा यूएईले पहिलोपटक डब्लूपीएस लागू गरेपछि अन्य जिसीसी देशहरूले पनि बैंक, एक्सचेन्ज हाउस र सरकारी निकायमार्फत यो प्रणाली सञ्चालनमा ल्याए ।

यो प्रणाली आईएलओको पारिश्रमिक सुरक्षा सम्बन्धी महासन्धी–१९४९ र सिफारिस–१९४९ मा आधारित हो । यो प्रणाली श्रमिकलाई समयमै र सही तलब भुक्तानी भएको छ कि छैन भन्नेबारे सरकारलाई प्रत्यक्ष निगरानी गर्न सक्षम बनाउने उद्देश्यले निर्माण गरिएको हो । साउदी अरब (२०१३), ओमान (२०१४), कतार (२०१५), कुवेत (२०१५) र बहराइनले २०२१ देखि डब्लूपिएस कार्यान्वयनमा ल्याएका हुन् ।

तलब सुरक्षामा उपयोगी तर कार्यान्वयन सीमित

युएईमा कार्यरत मनबहादुर तामाङले दुई महिनादेखि तलब नपाएको कान्तिपुरलाई बताए । ‘मैले दुई महिनादेखि तलब पाएको छैन । यसबारे कम्पनीलाई भन्दा कुरै सुन्दैन,’ उनले भने ।

‘डब्लूपिएसले तलब नदिने, ढिला गर्ने वा मनपरी कर्मचारी कटौती गर्नेजस्ता समस्या उजागर गरेको छ । तर यसको प्रभावकारिता अझ बिस्तार गर्न सकिने अवसर प्रशस्त छन्, आइएलओको प्रतिवेदनले भन्छ, ‘तलब सुरक्षा प्रणालीको दायरा कानूनमै विस्तार गर्नुपर्ने र व्यवहारमा पनि सबै श्रमिक तथा क्षेत्रलाई समेट्ने गरी यसको कार्यान्वयन गर्नुपर्ने छ ।’

प्रतिवेदनमा सुझाव दिइएको छ,‘तलब विवरण समेटिने तलब सुचना फाइल (एसआइएफ) मा विस्तृत जानकारी अनिवार्य गर्नुपर्ने र उपदानलाई पनि डब्लुपिएसअन्तर्गत ल्याउनुपर्नेैछ ।’

प्रतिवेदनका अनुसार अझै धेरै श्रमिकहरु डब्लूपिएसबाहिर नै छन् । ‘यसमा सरकारी कर्मचारी समावेश छैनन् । धेरैजसो घरेलु श्रमिक पनि छैनन्,’ प्रतिवेदनमा उल्लेख छ,‘साउदी अरबले हालै सम्पूर्ण घरेलु श्रमिकका रोजगारदातालाई डब्लूपिएसअन्तर्गत ल्याएको छ । यूएईले पनि केही घरेलु श्रमिकको क्षेत्रमा बिस्तार गरेको छ । तर, समग्रमा हेर्दा तलब बञ्चित हुने सम्भावना सबैभन्दा धेरै हुने यस समूह नै धेरै देशमा डब्ल्यूपिएसबाहिर छ ।’

तलबको यकिन सुचना छैन

खाडीका सबै देशमा रोजगारदाताले ‘तलब सुचना रसिद (एसआईएफ) श्रमिकलाई दिनुपर्छ । जसमा श्रमिकको वास्तविक तलब, कटौती, र भुक्तानी विवरण खुलाइन्छ ।

साउदी अरब र यूएईमा संस्थागत र व्यक्तिगत दुबै स्तरमा तलब मिलान जााच हुन्छ । कतार र कुवेतमा व्यक्तिगत श्रमिक स्तरमा मात्रै अनुगमन गरिन्छ । बहराइन र ओमानमा संरचना बने पनि कडा कार्यान्वयन अझै सुरु भएको छैन ।

यी देशमा श्रमिकहरु दोहोरो करारपत्रको मारमा छन् । यसको मुख्य कारण श्रमिकको न्युनतम तलव निर्धारण नगर्नु हो । कतारबाहेक अन्य देशमा अदक्ष श्रमिकको न्युनतम तलव निर्धारण गरिएको छैन । नेपालले तोकेको तलबमा श्रमिक लैजान तयार भएपनि गन्तब्य देशमा पुगेपछि रोजगारदाताले करारपत्र परिवर्तन गरिदिने परिपाटी नयाा होइन ।

प्रतिवेदनले प्रशासनिक ‘टेक्निकल त्रुटि’ का नाममा हुने उल्लंघन रोक्न, श्रमिकलाई विस्तृत तलब विवरण दिन, रोजगारदाताको कागजी प्रमाण र श्रम स्वीकृति अनिवार्य गर्न सिफारिस गरेको छ । डब्लूपिएसको पारदर्शिता बढाउन ‘आइटमाइज्ड पेस्लिप’ दिन जरुरी रहेको प्रतिवेदनले औल्याएको छ । तलबका सबै विवरण हुने यस्तो महत्वपुर्ण पेस्लिप जिसीसीका अधिकांश मुलुकले अनिवार्य गरेको छैनन् ।

तलब नदिने रोजगारदाताको सेवामा रोक

यूएई, कतार र साउदी अरबमा तलब नदिने रोजगारदातालाई आर्थिक जरिवाना पनि छ । तर दण्डको निर्णय डब्लूपिएस संरचनाले होइन, छुट्टै न्यायिक वा प्रशासनिक निकायले गर्छ ।

डब्लूपिएस नियम नमान्ने रोजगारदातालाई श्रम मन्त्रालय सेवामा रोक लगाएर दबाब सिर्जना गर्न सकिने सुझाब आईएलओले दिएको छ । अनुगमन, पारदर्शिता, पेस्लिप अनिवार्य र उजुरी प्रक्रियालाई सरल बनाउने सुधारले मात्र डब्लूपिएसलाई श्रमिकमैत्री तथा प्रभावकारी बनाउनसक्ने अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको समयमा सोमबार उनीहरूको यो दाबी बाहिर आएको बीबीसीले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु ...
। अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत हुने मतदानमा कडा नियम लागु गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोकिदिएको छ। आसन्न मध्यावधि चुनावअघि मतदान प्रक्रियालाई प्रभावित पार्ने ट्रम्प प्रशासनको प्रयासलाई अदालतको यो फैसलाले ठूलो धक्का दिएको छ। सोमबार, परम्परावादी सोचको बहुमत रहेको अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न अस्वीकार गर्‍यो। तलवानीले ट्रम्पको उक्त नियमलाई ...
: फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो । म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न ...
। यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ। हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ। दूनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उनले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यसअघि शनिबार पनि उहाँले आयरल्यान्डको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम