मुख्य समाचार
टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री
टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री

— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ ।


इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो ।

दुर्घटनाको केही दिनपछि स्ट्रसको शव आन्द्र महासागरबाट बरामद गरिएको थियो । उनको साथबाट १८ क्यारेटको सुन जडित जूल्स जर्गेंसन पकेट वाच फेला परेको थियो ।

उक्त घडी स्ट्रसको परिवारसँग संरक्षित थियो । र शनिबार भिल्टशायरको डेभाइजेन्समा हेनरी अल्ड्रिज एन्ड सन अक्शनियर्समा बिक्री गरिएको हो । स्ट्रस एक अमेरिकी व्यापारी, राजनेता र न्यूयोर्क मेसीज डिपार्टमेन्ट स्टोरका सह–मालिकसमेत थिए ।

दुर्घटनापछि उनकी पत्नी लाइबोटमा बस्न मानेकी थिइनन् । उनले पतिसँग विछोडिएर बाँच्नुभन्दा उनीसँग मर्न चाहेको बताएकी थिइन् । आइडा स्ट्रसले जहाजमा हुँदा एक पत्र पठाइकी थिइन् । टाइटानिक स्टेशनरीमा लेखिएको उक्त पत्र पनि एक लाख पाउन्डमा बिक्री भएको छ ।

टाइटानिकसँग सम्बन्धित स्मृति चिह्नहरुको यस लिलामीमा कूल ३० मिलियन पाउन्ड रकम संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको समयमा सोमबार उनीहरूको यो दाबी बाहिर आएको बीबीसीले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु ...
। अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत हुने मतदानमा कडा नियम लागु गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोकिदिएको छ। आसन्न मध्यावधि चुनावअघि मतदान प्रक्रियालाई प्रभावित पार्ने ट्रम्प प्रशासनको प्रयासलाई अदालतको यो फैसलाले ठूलो धक्का दिएको छ। सोमबार, परम्परावादी सोचको बहुमत रहेको अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न अस्वीकार गर्‍यो। तलवानीले ट्रम्पको उक्त नियमलाई ...
: फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो । म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोरकिशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न ...
। यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ। हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ। दूनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उनले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यसअघि शनिबार पनि उहाँले आयरल्यान्डको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम