मुख्य समाचार
टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री
टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री

— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ ।


इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो ।

दुर्घटनाको केही दिनपछि स्ट्रसको शव आन्द्र महासागरबाट बरामद गरिएको थियो । उनको साथबाट १८ क्यारेटको सुन जडित जूल्स जर्गेंसन पकेट वाच फेला परेको थियो ।

उक्त घडी स्ट्रसको परिवारसँग संरक्षित थियो । र शनिबार भिल्टशायरको डेभाइजेन्समा हेनरी अल्ड्रिज एन्ड सन अक्शनियर्समा बिक्री गरिएको हो । स्ट्रस एक अमेरिकी व्यापारी, राजनेता र न्यूयोर्क मेसीज डिपार्टमेन्ट स्टोरका सह–मालिकसमेत थिए ।

दुर्घटनापछि उनकी पत्नी लाइबोटमा बस्न मानेकी थिइनन् । उनले पतिसँग विछोडिएर बाँच्नुभन्दा उनीसँग मर्न चाहेको बताएकी थिइन् । आइडा स्ट्रसले जहाजमा हुँदा एक पत्र पठाइकी थिइन् । टाइटानिक स्टेशनरीमा लेखिएको उक्त पत्र पनि एक लाख पाउन्डमा बिक्री भएको छ ।

टाइटानिकसँग सम्बन्धित स्मृति चिह्नहरुको यस लिलामीमा कूल ३० मिलियन पाउन्ड रकम संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— अस्ट्रेलियाको तालिम तथा दक्षतासम्बन्धी अनुगमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले विभिन्न तालिम लिएका करिब ३० हजार प्रशिक्षार्थीको प्रमाणपत्र खारेज गरेको छ। खारेज गरिएका प्रमाणपत्रमा डिप्लोमा र तालिम सम्बन्धी योग्यता रहेका छन् । जसमा उल्लेख्य संख्यामा नेपाली समेत परेका छन् । सरकारको नियम पालना नगरेका संस्था र तोकिएको मापदण्ड पूरा नगरी लिइएका ...
— खाडी मुलुकमा १४ वर्षयदेखि लागू भएको ‘तलब सुरक्षा प्रणाली’ (डब्लूपीएस) प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको आईएलओको नयाँ प्रतिवेदनले देखाएको छ । आईएलओ र खाडी समन्वय परिषद (जिसीसी) सदस्य राष्ट्रका श्रम तथा सामाजिक मामिला मन्त्रीहरूको परिषद्को कार्यकारी ब्युरो (इबी–जिसीसी) ले तयार गरेको संयुक्त प्रतिवेदन आइतबार जेनेभामा सार्वजनिक गरिएको हो । यस प्रतिवेदनमा खाडीमा श्रमिकको सुरक्षाको लागि ...
— युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँग युद्ध अन्त्यका लागि अमेरिकाले राखेका शर्तहरुले युक्रेनलाई आफ्नो गरिमा गुमाउनुपर्ने प्रतिक्रिया दिएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘यक्रेनलाई एक निकै मुस्किल निर्णय गर्नुपर्ने हुनसक्छ । या हामीलाई आफ्नो गरिमा गुमाउनुपर्ने हुनसक्छ या महत्त्वपूर्ण साझेदार अमेरिकाको साथ छाड्नुपर्ने हुनसक्छ ।’ उनले अघि भने, ‘हामी हाम्रो इतिहासको सबैभन्दा कठिन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम