मुख्य समाचार
सुरक्षा निकायलाई सवारी साधन खरिद गर्न गृहले थाल्यो प्रक्रिया
सुरक्षा निकायलाई सवारी साधन खरिद गर्न गृहले थाल्यो प्रक्रिया

: आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनहरूको खरिद अनुमति प्राप्त भएर प्रक्रिया अघि बढेको छ।

गृह मन्त्रालयको सक्रियता पछि अर्थ मन्त्रालयले पनि हालैको जेनजी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनहरूको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो।


चुनावको वातावरण निर्माण गर्न तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारी साधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडि सवारी साधनहरूको खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ।


४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा
गृह मन्त्रालयको तथ्याङ्क अनुसार जेनजी प्रदर्शनमा मुलुकभर नेपाल प्रहरी अन्तर्गतका ४६५ वटा कार्यालयहरू क्षति पुगेको थियो भने सोही क्रममा ५७१ वटा विभिन्न सवारी साधनहरूमा क्षति पुगेको थियो।

मन्त्रालयका अनुसार कुल ४६५ वटा प्रहरी कार्यालय तथा युनिटहरूमा क्षति पुगेकोमा कार्तिक महिनासम्ममा कुल ४४९ वटा प्रहरी कार्यालयहरू मर्मत सम्भार भई पूर्ण सञ्चालनमा आइसकेका छन् भने बाँकी १६ वटा पनि मर्मत भइरहेकाले पनि यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले जनाएको छ।

यस्तै सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतका कुल ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो भने कुल ६१ वटा सवारी साधन पूर्ण रूपले आगजनीमा परेको थियो।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका दुई वटा भवन तथा तीन वटा जिल्लास्थित कार्यालयको भवनमा क्षति पुगेको थियो भने ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको तथ्याङ्कमा छ। यसको अनुमानित क्षतिको रकम रु ८ करोड ९० लाख रहेको छ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार अर्थ मन्त्रालयबाट नेपाल प्रहरीलाई नियमित बजेटबाट १५६ वटा सवारी साधनको लागि रु ३५ करोड ११ लाख र थप १०६ वटा सवारी साधन खरिदको लागि ४५ करोड ३० लाख थप स्रोत सहमति प्राप्त भइसकेको छ। यस आर्थिक वर्षमा नेपाल प्रहरीले कुल रु ८० करोड ४१ लाख रुपियाँको विभिन्न सवारी साधन खरिद गर्ने तयारी रहेको छ। यी सवारी साधन खरिदका लागि गृहले अर्थबाट असोज २४ गते खरिद अनुमति पाई आवश्यक प्रक्रियामा गइसकेको छ।

नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ सवारी अन्तर्गत, ७५ वटा पिक अप भ्यान छन् भने (नियमित गस्तीका लागि०, प्रिजनर सवारी साधन एउटा, २८ वटा कार्यालय प्रयोजनका लागि छन् भने, ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी ९४(डब्लु डीसहित) र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन्।

यस्तै, अर्थ मन्त्रालयका लागि कुल ५९ वटा सवारी साधन खरिदका लागि अर्थबाट श्रोत अनुमति प्राप्त भएको छ भने ३ वटा विपद् उद्धारका लागि छन् भने ५० वटा बोलेरो पिकअप भ्यान छन् भने तीन वटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स रहेका छन्। यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपियाँ खर्च हुनेछ भने थप ५० वटा यो वार्षिक वर्ष भित्र खरिद गर्ने गरी कुल ५ करोड ६ लाख बजेट सशस्त्रलाई प्राप्त हुनेछ।

यता राष्ट्रिय अनुसन्धान विभागका लागि कुल ६ वटा चार पाङ्ग्रे सवारी खरिदका लागि २ करोड ८० लाख रुपियाँ श्रोत अनुमति प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ। आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा ...
: नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो। आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन ...
: नयाँ बसपार्क नजिक सडक किनारामा भेटिएकाको शव अझै सनाखत हुन सकेको छैन । शनिबार बिहान सडक किनारमा तन्नामा पोको पारेको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । शव कुहिएर गन्हाएको अवस्थामा फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उक्त शव ...
: सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो। राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम 'आदेश किन जारी हुनु नपर्ने हो'भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले भनेको हो। राजदूत फिर्ता बोलाउने सरकारको ...
: जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मङ्सिर ५ गतेसम्ममा दर्ता भएका मतदाता नामावली तथ्यांक सार्वजनिक गरेको छ। कार्यालयको तथ्यांकअनुसार जिल्लामा १६ हजार ८ सय ७७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६ सय ६९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम