: नयाँ बसपार्क नजिक सडक किनारामा भेटिएकाको शव अझै सनाखत हुन सकेको छैन । शनिबार बिहान सडक किनारमा तन्नामा पोको पारेको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो । शव कुहिएर गन्हाएको अवस्थामा फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उक्त शव पोष्टमार्टमका लागि शनिबार नै शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थियो । उनका अनुसार पुरुषको कपडा लगाएका करिब २५ /२६ वर्षीय ति व्यक्तिका बारेमा अनुसन्धान भइरहेको छ।
शव तेस्रो लिंगीको रहेको खुलेको छ । शवको सनाखत भने हुन सकेको छैन। शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको प्रवक्ता भट्टराईले बताए। उनले भने,'हामी सबै टोली खटेर अनुसन्धान गरिरहेका छौं । मृतक व्यक्तिलाई अन्त कतै हत्या गरेर त्यहाँ ल्याएर फालेको जस्तो देखिन्छ ।'
प्रहरीका अनुसार एकजना तेस्रो लिंगी व्यक्ति हराएको उजुरी आएको थियो । तर,अनुसन्धानका क्रममा ती व्यक्ति नभएको खुलेको प्रहरीका भनाइ छ।