मुख्य समाचार
स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग २-२ को बराबरी
स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग २-२ को बराबरी

। स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग बराबरी खेलेको छ । एल्चेको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

खेलमा एल्चेले सुरुवाती अग्रता लिएर बराबरी भएपछि फेरि एल्चेले नै अग्रता लिएर रियलले बराबरी गर्दै हार टारेको हो । सबै गोल दोस्रो हाफमै भएका थिए ।

खेलको ५३औं मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा डिन हुजिसेनले रियलका लागि बराबरी गोल गरे ।

८४औं मिनेटमा अल्भारो रोड्रिग्वेजले एल्चेलाई पुन: अगाडि ल्याउँदा ८७औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए ।


एल्चेका भिक्टर कस्टले इन्जुरी समयको अन्तिममा रातो कार्ड पनि पाए ।

बराबरीपछि रियलले प्रतिद्वन्द्वी बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको छ । रियल अब बार्सिलोनाभन्दा १ अंक मात्र अघि छ ।

रियलको १३ खेलमा ३२ अंक छ भने बार्सिलोनाको ३१ अंक छ । एल्चेको १३ खेलमा १६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...
। चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लँदा दुई ठूला क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने पराजित भएका छन् । चाँडै भएको खेलमा बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लेको हो । बर्नलीको मैदानमा भएको खेलमा चेल्सीका लागि पेड्रो नेटोले ३७औं र एन्जो फर्नान्डेजले ८८औं मिनेटमा गोल गरे । जितपछि चेल्सी १२ खेलबाट २३ अंक जोडेर दोस्रो ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन क्लब र खेलाडी संघसँग छलफल गरेको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने विषयका केन्द्रित भएको थियो। छलफलपछि हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले त्रिपक्षीय छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए। उनले सानो टिम बनाएर सोमबारदेखि छलफलमा बस्ने बताए। ...
: इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन्। आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ। स्टार खेलाडी सावित्रा भण्डारी घाइते भएका कारण प्रतियोगितामा ...
— हार्भी बारनेसले गरेको दुई गोलको मदतले न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । सिटीका तर्फबाट रुबेन डियासले एक गोल फर्काए । यो हारपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी छोट्याउने अवसर गुमाएको छ र २२ अंमा तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ भने आर्सनलको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम