मुख्य समाचार
घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको जित
घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको जित

। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो ।

एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे ।

खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा एजेले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ४६औं मिनेटमा एजेले व्यक्तिगत दोस्रो गोल गरे भने ७६औं मिनेटमा फेरि गोल गर्दै ह्‍याट्रिक पूरा गरे । त्यसअघि रिचार्लिसनले ५५औं मिनेटमा गोल फर्काएका थिए ।

जितपछि आर्सनलले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । आर्सनलको १२ खेलमा २९ अंक छ भने दोस्रो स्थानको चेल्सीको समान खेलमा २३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग बराबरी खेलेको छ । एल्चेको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो । खेलमा एल्चेले सुरुवाती अग्रता लिएर बराबरी भएपछि फेरि एल्चेले नै अग्रता लिएर रियलले बराबरी गर्दै हार टारेको हो । सबै गोल दोस्रो हाफमै भएका थिए । खेलको ५३औं मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका ...
। चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लँदा दुई ठूला क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने पराजित भएका छन् । चाँडै भएको खेलमा बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लेको हो । बर्नलीको मैदानमा भएको खेलमा चेल्सीका लागि पेड्रो नेटोले ३७औं र एन्जो फर्नान्डेजले ८८औं मिनेटमा गोल गरे । जितपछि चेल्सी १२ खेलबाट २३ अंक जोडेर दोस्रो ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन क्लब र खेलाडी संघसँग छलफल गरेको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको त्रिपक्षीय छलफल ए डिभिजन लिगलाई अघि बढाउने विषयका केन्द्रित भएको थियो। छलफलपछि हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले त्रिपक्षीय छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिए। उनले सानो टिम बनाएर सोमबारदेखि छलफलमा बस्ने बताए। ...
: इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन्। आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ। स्टार खेलाडी सावित्रा भण्डारी घाइते भएका कारण प्रतियोगितामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम