मुख्य समाचार
प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्नका लागि पनि आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन
प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्नका लागि पनि आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन

। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्नका लागि पनि आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेको बताएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट आइतबार थुनामुक्त भएपछि प्रसाईंले आफ्नो समूहलाई सरकारले वार्ता गरी कुरा सुनेकोमा धन्यवाद दिए । प्रसाईं समूहसँग शनिबार बालुवाटारमा तत्काल आन्दोलन रोक्ने सहमति भएको थियो ।

‘सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा भयो । उहाँहरूले ३ घण्टा समय दिएर कुरा गर्नुभयो । त्यसैले एकपल्ट उहाँहरूको वचन पनि राखौं भनेर हाम्रो टीमले आन्दोलनको मोडल फरक पार्‍यो,’ उनले भने, ‘पहिलेको सरकारले त्यति पनि समय दिएको थिएन ।’

उनले अहिले मुलुक अप्ठेरो अवस्थामा भएको बेला आन्दोलनमा कसैले घुसपैठ गर्ला कि भन्ने कुरा आएपछि आफूहरूले आन्दोलनको स्वरूप फेर्ने निर्णय गरेको बताए । ‘१५ दिनका लागि पर्खिदिनुहोस् भन्ने कुरा भएपछि हामीले पनि त्यो कुरा सुनेका हौ,’ उनले भने ।

प्रसाईं समूहले ७ मंसिरदेखि नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २ मंसिरको मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो ।

त्यसपछि प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो । आदेशमा पनि सम्झौताको प्रसंग उल्लेख थियो ।

आदेशमा भनिएको छ, ‘२०८२।५।६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् । हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ । ती व्यक्तिको पहिचान भने खुलाइसकेको छैन । ‘एक जना संदिग्धलाई पक्राउ गरेका छौं । थप सोधपुछ र ...
। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि ...
। कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकलाई चक्काले किच्दा मृत्यु भएको छ । जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडा बसका सहचालक सुरेन्द्र गाले बसबाट खसेका थिए । सोही बसको टायरले कुल्चँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनमा देश जलिरहेका बेला आफ्नो ज्यान जोगाउन हेलिकोप्टरबाट भाग्नेलाई जनताले किनारा लगाउने बताएका छन् । नेता रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देश जलिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा समितिको बैठक समेत नराखेर हेलिकोप्टरबाट भागेको आरोप लगाएका छन् । अगामी १३ मंसिरमा धनगढी आयोजना गरिने ...
। सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम