: पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशका कम्युनिस्टहरूबीच एकताको अपरिहार्य रहेको बताएका छन्। नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रवादीहरू एकजुट नभई देशको समस्या समाधान हुन नसक्ने बताएका हुन्।
संयोजक प्रचण्डले देशमा परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेका कम्युनिस्ट शक्तिहरू चारतीर फर्किएका कारण अरूले गिजोल्ने र उधिन्ने अवसर पाएको बताए।
देशमा सबै समस्याको समाधानका लागि निर्वाचन एकमात्र विकल्प भएको उनले बताए। संविधान र गणतन्त्रको रक्षार्थ पनि फागुन २१ गते निर्वाचन हुनुपर्ने आफ्नो दलको धारणा रहेको भन्दै उनले निर्वाचन सम्पन्न गरेर स्थायी शान्ति, संविधान र गणतन्त्रको रक्षा गर्नुपर्ने बताए।