मुख्य समाचार
पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो
पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ।

सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो।


स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता पौडेलले सीमित स्रोत साधनकाबीच पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता हुन सफल भएको बताइन्।


त्यस्तै प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्रीले पछिल्लो दुई महिनाको मेहनतको फल विश्वकपमा उपविजेता बन्न सफल भएको बताए। उनले नेपाली टोलीले विश्वकपमा राम्रो खेल खेलेको उल्लेख गरे।

दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपालले पाकिस्तान, अष्टे«लिया लगायतका देशलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ। नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा ...
। कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा ...
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक छन् । उक्त स्थानबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर २ ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् । ‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा ...