मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय पक्राउ

: नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूले त्रिवि क्रिक्रेट मैदानबाटै पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार पक्राउ परेका ८ जना भारतीय नागरिक एनपीएलमा अनलाइन वेटिङ गर्नकै लागि भारतबाट नेपालसम्म आएको देखिएको छ। उनीहरूमध्ये कोही विद्यार्थी र कोही सामान्य काम गर्ने व्यक्तिहरू रहेका छन्।


उनीहरू हरेक खेलमा त्रिवि क्रिक्रेट मैदानमा पुग्ने र त्यहीँ बसेर अनलाइनमा जितहारका लागि बेटिङ गर्ने गर्थे। उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रवक्ता आर्चायका अनुसार भारतको आन्ध्र प्रदेशका ८ जना व्यक्तिहरू एनपीएलमा सट्टेबाजी गर्नकै लागि नेपाल आएको देखिन्छ। उनीहरू ठमेल र सुन्धाराको होटलमा बस्ने र एनपीएलको खेल भएका दिन टिकट लिएरै मैदान जाने गर्थे।
उनीहरूको विभिन्न भारतीय बैंक खाताबाट ५ लाख बढी रकमको कारोबार भएको देखिन्छ। पक्राउ पर्नेहरूमा भारतको आन्ध्र प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्सिेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्। उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ।

प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। यसअघि पनि एनपीएलमा खेलाडीलाई प्रलोभन दिने २ जना पक्राउ परिसकेका छन्। एक भारतीय पुरुष र नेपाली महिलामाथि एनपीएलमा सहभागी टिममा रहेका खेलाडीहरू भेटेर म्याचफिक्सिङ गराउने प्रयास गरेको आरोप छ। उनीहरूले ह्वाट्सएपबाट खेलाडीसँग सम्पर्क गरेर होटेलमा भेटी एउटा नो बल फ्याँकेबापत एक करोड रुपैयाँसम्म दिने प्रस्ताव गरेको प्रमाणका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको दाबी गरेका छन्। आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक गतिविधि बढेपछि अराजकता घट्दै जाने बताएका हुन्। मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनले टिप्पणी गरे। ज्ञवालीले भने, “एमालेका कारण अरू दललाई ...
: सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो। अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न २ लाख ...
: जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले नेपाली कम्युनिस्ट पार्टीसँगको एकता गर्ने च्याप्टर क्लोज भएको बताएका छन्। जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले पार्टी छाडेर पुष्पकमल दाहाल ʻप्रचण्डʼ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा जाने निर्णय गरेपछि उपमहासचिव यादवले उक्त पार्टीसँग अब एकताको च्याप्टर क्लोज भएको बताएका हुन्। आइतबार साँझ अन्नपूर्ण पोष्टसँग कुरा गर्दै ...
: स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन्। फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम ...
: पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशका कम्युनिस्टहरूबीच एकताको अपरिहार्य रहेको बताएका छन्। नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रवादीहरू एकजुट नभई देशको समस्या समाधान हुन नसक्ने बताएका हुन्। संयोजक प्रचण्डले देशमा परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेका कम्युनिस्ट शक्तिहरू चारतीर फर्किएका कारण अरूले गिजोल्ने र उधिन्ने अवसर पाएको बताए। देशमा सबै समस्याको ...