मुख्य समाचार
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी

: अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी गरेका छन्।

तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा सोमबार र मंगलबार राति (बिहान १२ बजे) को बीचमा खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन्।


बीबीसी उर्दूका अनुसार मुजाहिदले विष्फोटमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको दाबी गरेका छन्। उनले मारिएका बालबालिकाको तस्बिर पनि सार्वनजिक गरेका छन्।

उनले कुनार र पक्तियामा पनि हवाई हमला गरिएको दाबी गरेका छन्। जसमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएको उनको भनाइ। कुनार प्रान्तका स्थानीयहरूले बीबीसीलाई बताएअनुसार मारावारा,असदाबाद र शेलितान क्षेत्रमा ठूलो विष्फोटको आवाज सुनिएको थियो।

अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सीमाभित्र हवाई हमला गरेको आरोप लगाएको यो पहिलो पटक भने होइन। गत महिनाको सुरुमा अफगानिस्तानले पाकिस्तानमाथि राजधानी काबुललगायत धेरै स्थानहरूमा हवाई हमला गरेको आरोप लगाएको थियो।

अफगान सरकारका प्रवक्ताले लगाएको आरोपको बारेमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। विगतमा पाकिस्तानले अफगानिस्तानभित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ।

यद्यपि गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा रहेका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको स्वीकार गरेको थियो। ​​​​​​​तहरीक-ए-तालिबान पाकिस्तानको कारबाहीका कारण दुई देशबीचको अवस्था तनावपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...