मुख्य समाचार
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी

: अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी गरेका छन्।

तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा सोमबार र मंगलबार राति (बिहान १२ बजे) को बीचमा खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन्।


बीबीसी उर्दूका अनुसार मुजाहिदले विष्फोटमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको दाबी गरेका छन्। उनले मारिएका बालबालिकाको तस्बिर पनि सार्वनजिक गरेका छन्।

उनले कुनार र पक्तियामा पनि हवाई हमला गरिएको दाबी गरेका छन्। जसमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएको उनको भनाइ। कुनार प्रान्तका स्थानीयहरूले बीबीसीलाई बताएअनुसार मारावारा,असदाबाद र शेलितान क्षेत्रमा ठूलो विष्फोटको आवाज सुनिएको थियो।

अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सीमाभित्र हवाई हमला गरेको आरोप लगाएको यो पहिलो पटक भने होइन। गत महिनाको सुरुमा अफगानिस्तानले पाकिस्तानमाथि राजधानी काबुललगायत धेरै स्थानहरूमा हवाई हमला गरेको आरोप लगाएको थियो।

अफगान सरकारका प्रवक्ताले लगाएको आरोपको बारेमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। विगतमा पाकिस्तानले अफगानिस्तानभित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ।

यद्यपि गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा रहेका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको स्वीकार गरेको थियो। ​​​​​​​तहरीक-ए-तालिबान पाकिस्तानको कारबाहीका कारण दुई देशबीचको अवस्था तनावपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट–वेस्ट पाइपलाइन बन्द भएको छ । यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ । यही कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । खाडी क्षेत्रमा जलयातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्योल सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.३७ डलर अर्थात् १.३ प्रतिशतले ...
। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने उद्योगका प्रमुखहरूको चेतावनीपछि सोमबार अमेरिकी सेयर बजारका प्रमुख सूचकहरू घटेर बन्द भएका छन्। कृत्रिम बुद्धिमत्ता क्षेत्रमा बढ्दो सुरक्षा जोखिमबारे सार्वजनिक रूपमा आएको यस्तो धारणा तीव्र व्यावसायीकरण र ठूलो लगानीको अपेक्षा गरिरहेका लगानीकर्ताका लागि अनपेक्षित बनेको छ। सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत १५२.०९ अंक अर्थात् ०.२९ प्रतिशतले ...
चीनले आफ्ना नागरिकहरूमाथि भ्रमण प्रतिबन्ध मङ्गलबारदेखि व्यापक रूपमा लागु गरेको छ । देशको ‘औद्योगिक वा प्रविधि सुरक्षा’ मा खतरा पुर्‍याएको ठानिएका मानिसहरूलाई देश छाड्न रोक लगाइएको छ । गत जुलाई महिनामा पारित भएका यी नयाँ प्रवेश तथा प्रस्थान नियमहरू प्रविधि आयात र निर्यातसम्बन्धी नियम उल्लङ्घन गर्ने नागरिकहरूमाथि लागु हुनेछन् । खासगरी आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नियम उल्लङ्घन ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च एक रुसी व्यापारीले बेहोरेको पुष्टि गरेका छन्। उक्त खर्च बेहोर्ने व्यापारीको नाम उमर क्रेमलेभ हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको सम्बन्ध निकट रहेको पाइएको छ । डोनाल्ड ट्रम्प जुनियर र बेटिनाको विवाह गत मे महिनामा भएको थियो। उनीहरूले इन्स्टाग्राम ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसभित्र रहेका डिजेल रिफाइनरीहरूमा आक्रमण तत्काल रोक्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । युक्रेनी हमलाका कारण विश्वभर डिजेलको चरम अभाव सिर्जना भएको र अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई असर पुर्‍याएको दाबी ट्रम्पले गरेका छन् । रुस र युक्रेनबीच जारी क्षेप्यास्त्र युद्धका बीच युक्रेनले रुसी तेल तथा ग्यास पूर्वाधारलाई निरन्तर निसाना बनाइरहेको छ । रुस ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम