मुख्य समाचार
प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ
प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ

: प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ।प्रतिनिधिसभाको सदस्य नभएको,सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति,कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको,धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृच्छाको आदेश माग गरिएको छ।


'प्रधानमन्त्री पदमा सुशिला कार्कीलाई नियुक्ति गर्ने सम्माननीय राष्ट्रपतिज्युको मिति २०८२ भदौ २७ को निर्णय,सोको आधारमा भएको प्रधानमन्त्रीज्युको सपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ। साथै विपक्षी प्रधानमन्त्री नियुक्त भएपश्चात विपक्षीहरुबाट भए गरेका गैरकानुनी एवम् असंवैधानिक सम्पूर्ण काम कारवाही,निर्णय, नियुक्तिहरु समेत उत्प्रेषणको आदेशले बदर गरि पाउँ,'रिट निवेदनमा माग गरिएको छ।null

विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकबाट एमालेले सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। ‘विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न नेकपा एमाले संसदीय दल (असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभा)को तर्फबाट दलका मुख्य सचेतक मा. महेश बर्तौला र सचेतक मा. सुनिता बराललाई प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न जो जे कामकारबाही गर्नु पर्दछ सो गर्ने गरी दलको तर्फबाट उल्लेखित विषयमा आवश्यक रिट निवेदन दर्ता, वारेस मुकरर, कानून व्यवसायी मुकरर लगायतका कार्य गर्न अधिकार रहनेगरी बैठकले अख्तियारी दिने’, बैठकको निर्णयमा भनिएको छ ।

रिट निवेदकमा नेकपा एमाले संसदीय दल ( विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक बर्तौला र सचेतक बराल छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन्।

यस अगाडि प्रतिनिधि सभा विघटन हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदहरुले अदालतमा रिट दिएका थिए। पछि सर्वोच्चले संसद् पुनर्स्थापना गरेको थियो।

एमालेले संसद विघटनको विरुद्धमा देशभर विरोध प्रदर्शन गरेको थियो। एमालेले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा असंवैधानिक ढंगले विघटन गरिएको दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ । पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे । बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे । जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीको बलिदानको जगमा निर्मित सरकारको अर्जुनदृष्टि निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको बताएका छन् । जतिसक्दो छिटो चुनाव पूरा गरेर नयाँ निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न लागिपरेको उनले बताए । रुपन्देहीको भैरहवामा मंगलबार सुरु लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कसैको निगाहाबाट नभई जेन–जी आन्दोलनपछि विशिष्ट परिस्थितिमा गठन भएको सरकारको पहिलो अभिभारा ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहकाे ध्यानाकर्षण गराएका छन् । शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि मासिक १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजार तलब संघीय अनुदानबाट पठाइएकाे मन्त्री पुनले जनाएका छन् । सरकारले तोकेको ...
: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरीको हतियार लुटपाटमा संलग्न रहेका तीनजनालाई दुई थान चाइना मेक पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ गरिएको छ। झापा र इलामका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी दिपक पोखरेलले बताए । पक्राउ परेका अभियुक्तले गत भदौ २४ गतेको जेनजी आन्दोलनमा ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणा स्विकारेका छन् । सोमबार बिहान दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको थियो । वार्ताका क्रममा सीले उनलाई बेइजिङ भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति ट्रम्पले आगामी अप्रिलमा आफु बेइजिङ जाने बताए । त्यस्तै, २०२६ मै सी अमेरिका भ्रमणमा आउने ट्रम्पले बताए । ‘राष्ट्रपति सीले मलाई अप्रिलमा बेइजिङ ...