— सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ ।
पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे ।
बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे ।
जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई सम्बाेधन गर्न नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे, वकिल बमलगायत नेताहरु सुर्खेत पुगेका छन् ।
जिसस हलमा युवा संघकाे कार्यक्रम चलेकाे छ भने वीरेन्द्रनगर नगरपालिका अगाडि नाराबाजी भइरहेकाे छ ।
एमालेले पनि युवाकाे ठूलाे समूह भेला गराएकाे छ भने स्थानीय प्रशासनले बाहिर बाक्लाे संख्यामा सुरक्षाकर्मी परिचालन गरेकाे छ ।