मुख्य समाचार
सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको
सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको

। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताए ।

वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उनको भनाइ छ ।

उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतका लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको बताए । निर्वाचन हुँदैन भन्नेहरूलाई सरकारले कामले जवाफ दिने र दिइरहेको उनको भनाइ छ ।

‘सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको छ । हामी यसैलाई मूल मन्त्र बनेर काम गरिरहेका छौँ । विभिन्न बाहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैन भन्ने कहीँ कतै सुनिएका पनि होलान् । सार्वजानिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ, दिइरहेको पनि छ,’ उनले भने ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गर्नै नसक्ने बताउँदै आइरहेका छन् ।

गृहमन्त्री अर्यालले आफ्नो इच्छाले आफूहरू सरकारमा नआएको पनि बताए । देश शून्यतामा पुगेको अवस्थामा पाएको जिम्मेवारीलाई पूरा गर्न आफूहरू केन्द्रित रहेको उनले बताए ।

उनले शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

संघीय सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको उनले जानकारी दिए ।

केन्द्रीय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

उनले निर्वाचनका लागि राजनितिक दलहरूले फरार कैदीबन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा औल्याएको उल्लेख गर्दै विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याइसकेको दाबी गरे । ठूलो संख्यामा कैदीहरू पनि फिर्ता भइसकेको उनको भनाइ छ ।

उनले निर्वाचनको तयारी स्वरूप नै लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको बताए । अन्य प्रदेशमा पनि गोष्ठी आयोजना गर्ने उनको भनाइ छ ।

उनले प्रहरीलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न पनि निर्देशन दिए । उनले राजस्व चुहावट नियन्त्रणलाई विशेष ध्यान दिन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको दाबी गरे । मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघमा आवद्ध रहेकाहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबभन्दा बढी युवालाई ...
। शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब दिन स्थानीय तहलाई आग्रह गरेका छन् । मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहलाई भनेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको छ । बाँकी नपुग ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् । आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले ...
। नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो । ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई भनियो,’ महासंघ अध्यक्ष ...
— सुर्खेतकाे वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध एक समूहले प्रदर्शन गरेकाे छ । पार्टीकाे भातृ संगठन राष्ट्रिय युवा संघकाे जागरण अभियानमा सहभागी हुन मंगलबार बिहान सुर्खेत पुगेका नेता बस्नेतविरुद्ध युवाहरुकाे समूह नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाे हाे । बिहान ९ बजेतिर नेता बस्नेत बिमानस्थल पुगे लगत्तै नाराबाजी हुन थालेकाे थियाे । जिल्ला समन्वय समितिकाे हलमा आयाेजित युवा संघकाे कार्यक्रमलाई ...