मुख्य समाचार
सरकारले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको दाबी
सरकारले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको दाबी

। सरकारले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको दाबी गरेको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले यस्तो दाबी गरेका हुन् ।


‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता र नवीकरण गरिसकेपछि अब निर्वाचनको माहोल राजनीतिक दलको तर्फबाट बनिसक्यो,’ खरेलले भने ।

नेकपा एमालेले पनि निर्वाचन आयोगमा आज मात्रै दल दर्ता गराएको थियो । लगत्तै सञ्चारमन्त्री खरेलले अब केही बाँकी आशंका पनि मेटिएको जिकिर गरे ।


‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अघि बढाएको छ । महत्त्वपूर्ण प्राय: सबै राजनीतिक दलले दल दर्ता गराएका छन् । आज मात्रै पनि तपाईंले नाम लिनुभएको दल (नेकपा एमाले सञ्चारकर्मीले प्रश्न गर्दा उच्चारण गरेको) ले पनि निर्वाचन आयोगमा दल दर्ता गराएको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘अरु राजनीतिक दलले पनि दल दर्ता अघि बढाएका छन् । निर्वाचन प्रयोजनका लागि जुन राजनीतिक दलहरूले दल दर्ता गराइसके, हामी निर्वाचनको विरोधी होइनौं भनिरहेका छन् । हामीलाई सुरक्षाको वातावरण बनाउ भनिसकेका छन् । अब त के आशंका रहेन भने अब त सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके ।

उनले जनताहरू निर्वाचनमा होमिइसकेको पनि बताए ।

‘८ लाखभन्दा बढी मतदाता नामावली दर्ता भइसक्यो । जनता निर्वाचनमा होमिइसके । सुरक्षा योजना तयार भइसकेको छ । सुरक्षा निकायले तत् तत् योजनामा पठाइसकेको छ,’ उनले भने, ‘अब हामी चुनावको माहोल अघि बढाउनतिर भूमिका रहन्छ । निर्वाचनको माहोल थप बन्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनका केही अगुवाले सरकारका महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीसम्बन्धी प्रकरणमा जोडिएको विषयमा स्पष्ट पार्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् मंगलबार बेलुकी ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस विषयमा स्पष्ट पार्न महान्यायाधिवक्ताको ध्यानाकर्षण गराएका छन् । सञ्चारमाध्यममा आएका समाचार साँचो हो भने महान्यायाधिवक्ता भण्डारीले तत्काल राजीनामा दिनु पर्ने उनीहरूको माग छ । ‘माननीय महान्यायाधिवक्ता डिम्ब तस्करीसम्बन्धी ...
। आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । सो विवरणमा दुई जना बाहेक अरु सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेको देखिन्छ ...
। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।
। सडक बोर्ड नेपालले यसपटक आफैंले सडक उपभोग दस्तुर (रोड टोल) संकलन थालेको छ । विगतमा ठेकेदारमार्फत् संकलन हुँदै आएको थियो । तर कतिपय ठेकेदारले रकम जम्मा नगरेपछि आफैंले दस्तुर संकलन थालेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए । सडक दस्तुर विद्युतीय भुक्तानी प्रणाली (क्युआर कोड) मार्फत् सिधै बोर्डको बैंक खातामा जम्मा हुने व्यवस्था ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताएका छन् । लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताए । वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उनको भनाइ छ । उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित ...