मुख्य समाचार
विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था नरहेको
विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था नरहेको

। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था नरहेको बताएका छन् । उदयपुरको गाइघाटमा आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गरिसकेपछि महामन्त्री शर्माले विशेष महाधिवेशनको व्याक गियर नहुने बताएका हुन् ।

महामन्त्री शर्माले विधानमा भएको बिशेष महाधिवेशन दर्ताको लागि दफा भएको तर फिर्ताको दफा नभएको बताए । ‘त्यसैले बिशेषको ‘ब्याक गियर’ हुन्न । ९० दिनभित्र बिशेष महाधिवेशन गर्नैपर्छ । सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ,’ उनले भने, ‘कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।’

महामन्त्री शर्माले अब प्रश्न सभापति शेरबहादुर देउवाप्रति रहेको बताए ।

‘दुई महामन्त्री के भन्छन् वा ७ भाइ के भन्छन् , अब त्यो मुख्य कुरा होइन । असोज २८ मा लिखित वक्तव्य मार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनु भएको थियोे, अब त्यो कायम राख्ने कि नराख्ने मुल प्रश्न हो,’ महामन्त्री शर्माले भने ।

२८ असोजमा केन्द्रीय समितिको बैठकमा सभापति देउवाले दिएको वक्तव्यमा ‘मंसिरमा महाधिवेशन’ गर्नुपर्ने वाक्यांश छुट्न नहुने विषय रहेको शर्माले बताए । ‘त्यो छुट्नु गल्ती प्रमाणित भएको छ । पार्टी र देशको आजको समाधानका लागि सभापतिले निर्णायक पहलकदमी लिनुपर्छ । उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने विश्वास छ,’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरेका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको जिकिर गरे । उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि नेता कार्यकर्तालाई आग्रह ...
। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । यसमा आज दर्ता भएका दलको संख्या १५ रहेको छ । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो ...
। तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ...
। जेनजी आन्दोलनका केही अगुवाले सरकारका महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीसम्बन्धी प्रकरणमा जोडिएको विषयमा स्पष्ट पार्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् मंगलबार बेलुकी ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस विषयमा स्पष्ट पार्न महान्यायाधिवक्ताको ध्यानाकर्षण गराएका छन् । सञ्चारमाध्यममा आएका समाचार साँचो हो भने महान्यायाधिवक्ता भण्डारीले तत्काल राजीनामा दिनु पर्ने उनीहरूको माग छ । ‘माननीय महान्यायाधिवक्ता डिम्ब तस्करीसम्बन्धी ...
। सरकारले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको दाबी गरेको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले यस्तो दाबी गरेका हुन् । ‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन ...