मुख्य समाचार
युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत
युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत

। युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएपछि विरोध सुरू भएको थियो। त्यसपछि भने अमेरिकी र युक्रेनी अधिकारीले हालै जेनेभामा छलफल गरेर १९ बुँदे मस्यौदा तयार गरिएको युक्रेनका प्रथम उप–विदेश मन्त्री सर्गई किस्लित्स्याको फाइनान्सियल टाइम्सले जनाएको छ ।

यस्तै युक्रेनका सुरक्षा प्रमुखले पनि युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासको क्रममा यस महिनामै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमण सबैभन्दा उपयुक्त मितिमा हुने बीबीसीले लेखेको छ ।

एक अमेरिकी अधिकारीले बीबीसीलाई भनेका छन्, ‘ युक्रेनले शान्ति सम्झौतामा सहमति जनाइसकेको छ, यद्यपि केही साना विवरणहरू अझै समाधान हुन बाँकी छ। उपर्युक्त मितिमा राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेट भइ युद्धको अन्त्य हुनेछ ‘

किवले यसबारे कुनै टिप्पणी गरेको छैन, र ह्वाइट हाउसले ट्रम्प–जेलेन्स्की वार्ताको सम्भावनाबारे पुष्टि गरेको छैन।

यसैबीच, अमेरिकाले आफ्ना अधिकारीहरू अबुधाबीमा रूसी प्रतिनिधिसँग भेट गर्न लागेको पुष्टि गरेको छ। तर लडाइँ भने जारी छ। र रूस तथा युक्रेनले रातभरि एकअर्कामाथि हवाई आक्रमण गरेका छन्।

किवका अधिकारीहरूले शहरमा भएका रुसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको बताएका छन् भने रुसी अधिकारीहरूले रोस्तोभ क्षेत्रमा युक्रेनका आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन्।

युक्रेनका राष्ट्रिय सुरक्षा प्रमुख रुस्तेम उमेरोभले आफ्नो टोलीले यो महिनामै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘सम्झौता अन्तिम चरणमा पुर्‍याउन’ जेलेन्स्कीको अमेरिका भ्रमण छिटोभन्दा छिटो गराउने अपेक्षा रहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलहरूले आइतबार जिनेभामा भएको भेटमा शान्ति योजनाका मुख्य शर्तहरूबारे समान बुझाइ बनाइसकेका छौं।’

तर, अमेरिकाले तयारको गरेको मस्यौदाबारे किव र युरोपका नेताहरूले भने आलोचना गरेका थिए, किनकि उनीहरूको भनाइमा त्यो योजना रूसतर्फ धेरै झुकेको आरोप लगाएको छ ।

यता, युक्रेन राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको विवादास्पद २८ बुँदे शान्ति योजनामा गरिएका यी प्रस्तावित संशोधनहरूको स्वागत गरेका छन्।

उनले भनेका छन्, ‘अब युद्ध अन्त्य गर्न आवश्यक कदमहरूको सूची व्यावहारिक बन्न सक्छ। धेरै सही तत्वहरूलाई नयाँ ढाँचामा समावेश गरिएको छ।’

एक क्रेमलिन अधिकारीले यी संशोधनहरूलाई पूर्ण रूपमा गैर-रचनात्मक भनेका छन्। तर आजै एक अमेरिकी अधिकारीले भने उक्त योजनाबारे थप छलफल गर्न अमेरिकी टोली अबुधाबीमा रूसी प्रतिनिधिसँग भेट गर्ने बताए ।

युक्रेनका युरोपेली सहयोगीहरूको ‘भर्चुअल कोअलिशन अफ द विलिङ’ बैठक पनि मंगलबार नै बस्ने बताइएको छ, बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले बताएका छन्।

किवका सैनिक प्रशासन प्रमुख तिमुर त्काचेंकोका अनुसार ड्निप्रोभ्स्की जिल्लामा रहेको एक उच्च-आवासीय भवनमा आगलागी भई नागरिकहरूलाई तत्कालै बाहिर निकाल्नु परेको थियो।

घटनास्थलमा रहेका उद्धारकर्मीहरूले तीन बच्चासहित १८ जनालाई बचाएको र आगो नियन्त्रणमा आएपछि पनि सम्भावित पीडित खोजी जारी रहेको बताएका छन्।

शहरको पेचेर्स्क जिल्लाको अर्को उच्च-आवासीय भवन पनि आक्रमणपछि आगो लागेर क्षतिग्रस्त भएको किवका मेयर भिताली क्लिच्कोले जानकारी दिए।

उनका अनुसार भवनका माथिल्ला तलामा क्षति पुगेको भए पनि आगो निभाइएको छ।

किवभरि ठूलो धमाका सुनेपछि युक्रेनी हवाई प्रतिरक्षा इकाइहरूले प्रतिकार गरेको र नागरिकहरूलाई भूमिगत पार्किङ स्थल तथा बंकरमा शरण लिन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार यस वर्षभरका लागि संसद्‌बाट निलम्बन गरिएको छ । मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित वन नेशन पार्टीकी ७१ वर्षीया नेत्री ह्यान्सनले सोमबार आफ्नो ‘सार्वजनिक स्थानमा अनुहार ढाक्ने पहिरन प्रतिबन्ध’ सम्बन्धी प्रस्तावित ...
। चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको ...
: इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ। यो १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विष्फोट भएको हो। विस्फोटबाट उत्पन्न खरानी र सल्फर डाइअक्साइड लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो। जुन लाल सागरमा फैलिएर यमन र ओमानसम्म पुग्यो। सोमबार राति करिब ११ बजेतिर इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाढा रहेको दिल्लीको आकाशमा खरानीको यो बादल फैलियो। इन्डिया ...
— लेबनानको सैन्य समुह हिजबुल्लाहका शीर्ष कमाण्डरको अन्त्येष्टीमा सोमबार हजारौं मानिसहरु सहभागी भएका छन् । अन्त्येष्टीमा सहभागी भएकाहरुले इजरायलको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको पक्षमा नाराबाजी गरेको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले जनाएको छ । यसअघि आइतबार इजरायलले लेवनानको राजधानी बेरुतस्थित हरेत हेरिक इलाकामा आक्रमण गर्दा हिजबुल्लाहका सैन्य प्रमुख हायथाम ...
: अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी गरेका छन्। तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा सोमबार र मंगलबार राति (बिहान १२ बजे) को बीचमा खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन्। बीबीसी उर्दूका ...