मुख्य समाचार
जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते
जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते चदाराको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नलगाड नगरपालिका–८ जाजरकोटका १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका ९ का १४ वर्षीय कमल सुनार रहेका छन् । दुवैको नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाएको छ । उज्यालो नेपाल पार्टी गठन हुँदा विगतमा नाउपामा आस्था राख्ने केही नेताहरु प्रवेश गरिसकेको उज्यालो नेपाल पार्टीका नेताहरूको दाबी छ । उज्यालो नेपालले नाउपासँग पार्टी एकता नगरी नेता कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ ...
। सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ...
। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरेका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको जिकिर गरे । उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि नेता कार्यकर्तालाई आग्रह ...
। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । यसमा आज दर्ता भएका दलको संख्या १५ रहेको छ । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो ...
। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था नरहेको बताएका छन् । उदयपुरको गाइघाटमा आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गरिसकेपछि महामन्त्री शर्माले विशेष महाधिवेशनको व्याक गियर नहुने बताएका हुन् । महामन्त्री शर्माले विधानमा भएको बिशेष महाधिवेशन दर्ताको लागि दफा भएको तर फिर्ताको दफा नभएको बताए । ‘त्यसैले बिशेषको ‘ब्याक गियर’ हुन्न । ...