: रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइक (हर्न)को तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
करेन्ट लागेर मंगलबार राति गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मंगलबार राति करिब ९ः४५ बजेतिर आफ्नै घरमा हर्नको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि नेशनल हस्पिटल विजयपुर लगिएको थियो।
त्यहाँबाट कोल्हवी बारातर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए।
मृतक महतोको शव हाल पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारामा राखिएको प्रहरीले जनाएको छ।