मुख्य समाचार
नेपाल सरकार मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले निर्माण गर्न लागेको ४०० केभीको विद्युत् प्रसारण लाइनको काम सुरु
नेपाल सरकार मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले निर्माण गर्न लागेको ४०० केभीको विद्युत् प्रसारण लाइनको काम सुरु

: नेपाल सरकार मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले निर्माण गर्न लागेको ४०० केभीको विद्युत् प्रसारण लाइनको काम सुरु भएको छ। नवलपरासीको सुनवल नगरपालिका-१३ सूर्यबस्तीमा सबस्टेशन निर्माण गरेर १८ किलोमिटरको अन्तरदेशीय विद्युत् प्रसारण गरिने छ।

त्यसका लागि बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले संयुक्तरूपमा न्यूबुटवल सबस्टेशन र प्रसारण लाइनको शिलान्यास गरेका छन्।


प्रसारण लाइनले नवलपरासीको १८ किलोमिटरलाई समेट्ने छ। बर्दघाटदेखि सुनवल, रामग्राम नगरपालिका हुँदै नेपाल-भारत सीमामा रहेको पाल्हीनन्दन गाउँपालिका-१ को दसगजा क्षेत्र नजिक प्रसारण लाइनको अन्तिम बिन्दु हो। त्यहाँबाट नेपाललाई बढी भएको विद्युत् भारत र बंगलादेश सप्लाई गरिने छ। यो ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्नमा सघाउ पुर्‍याउने एमसीए नेपालले जनाएको छ।



प्रसारण लाइन विस्तारका लागि दुई भारतीय कम्पनीले निर्माणको जिम्मेवारी लिएका छन्। ‘लिङ्सन इण्डिया लिमिटेड’ले सबस्टेशन निर्माण गर्ने छ भने ‘ट्रान्सरेल इण्डिया कम्पनी’ले ४०० केभीको प्रसारण लाइनका सबै काम गर्ने एमसीए नेपालले जनाएको छ।

प्रसारण लाइन विस्तारका लागि यसअघि प्रसारण क्षेत्रमा पर्ने टावरमुनिका स्थानीयको जग्गाको मुआब्जा दिइसकिएको छ। तारमुनि पर्ने २३/२३ दायाँ/बायाँको क्षतिपूर्तिका लागि अन्तिम प्रक्रिया अघि बढिसकेको छ। तीन वर्षभित्र सक्ने गरी सुरु गरिएको १८ किलोमिटर प्रसारण लाइनको निर्माण लागत पाँच करोड अमेरिकी डलर छ।

आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यलाई सघाउ पुर्‍याउँछ : अर्थमन्त्री
यसैबीच सबस्टेशन र प्रसारण लाइनको शिलान्यास गर्दै अर्थमन्त्री रामेश्वर खनालले १८ किलोमिटर प्रसारण लाइनले आर्थिक वृद्धि गर्ने सरकारको राष्ट्रिय लक्ष्यलाई सघाउ पुग्ने बताएका छन्। ‘यो प्रसारण लाइनले स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्दै क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउने छ। त्यसका लागि समयमा काम सम्पन्न गर्न नेपालको तर्फबाट हामी कटिबद्ध छौं,' अर्थमन्त्री खनालले भने।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत थम्प्सनले प्रसारण लाइनले ऊर्जा क्षेत्रमा मात्र नभई व्यापार वृद्धिमा सघाउ पुर्‍याउने बताए। प्रसारण लाइन विस्तारको काम शुभारम्भ भएसँगै यसले नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउनमा नयाँ आयाम थपेको बताउँदै उनले नेपालीका लागि यसले दीर्घकालीन लाभ दिलाउनेमा नयाँ अवसर सिर्जना गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले मंगलबार वक्तव्य जारी गरेर पार्टी पुनर्गठन र रुपान्तरणका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 'पार्टी निर्माणका लागि ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले ...
: गल्छी–देवीघाट–ढुंगे सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। वीरगन्ज–गल्छी–देवीघाट–ढुंगे–रसुवागढी सडकमार्गको बीचमा रहेको नुवाकोटको देवीघाट-बट्टार सडकखण्डमा मंगलबार बेलुकी गल्छीबाट बट्टारतर्फ जाँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले विदुर नगरपालिका-५ पीपलटारमा ठक्कर दिँदा सोही स्थानका ८० वर्षीय लीलानाथ कोइरालाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। वृद्धको स्थानीयवासीले उद्धार गरी त्रिशूली ...
: रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइक (हर्न)को तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर मंगलबार राति गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मंगलबार राति करिब ९ः४५ बजेतिर आफ्नै घरमा हर्नको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते ...
। ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीले रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेताहरूलाई भित्र्याउने तयारी अघि बढाएको छ । उज्यालो नेपाल पार्टी गठन हुँदा विगतमा नाउपामा आस्था राख्ने केही नेताहरु प्रवेश गरिसकेको उज्यालो नेपाल पार्टीका नेताहरूको दाबी छ । उज्यालो नेपालले नाउपासँग पार्टी एकता नगरी नेता कार्यकर्ता भित्र्याउने रणनीति बनाएको छ ...
। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते ...