मुख्य समाचार
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेलले मंगलबार वक्तव्य जारी गरेर पार्टी पुनर्गठन र रुपान्तरणका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

'पार्टी निर्माणका लागि ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,' पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ।


वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको दाबी गरेका छन्। 'पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,' उनले भनेका छन्।



उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा आउने वातावरण बनाउन पनि माग गरेका छन्। पार्टीमा आउन वञ्चित गरिँदा सांगठनिक र वैचारिकरूपले नै असर परेको उनको भनाइ छ। 'चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो। पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ। तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ,' उनले भनेका छन्।

सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताए, जेलनेल भोगेको, यातना सहेको उल्लेख गर्दै नेता पोखरेलले संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव पनि रहेको उल्लेख गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलन र नेकपा (एमाले)को निर्माणमा पनि आफ्नो अमूल्य जीवन निर्वाह भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन्। मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत पोखरेलले आयोगमा दल दर्ता अद्यावधिकको प्रक्रियालाई लिएर फैलिएको भ्रम अन्त्य गर्नुपर्ने बताएका हुन्। अहिलेको सरकार र प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै महासचिव पोखरेलले संवैधानिक परीक्षण सर्वोच्च ...
: जनकपुर बोल्ट्सका खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आमाहरूमाथि सम्मान अर्पण गर्नका लागि बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आ–आफ्नो आमाको नाम लेखिएका जर्सी लगाएर खेल्ने जानकारी दिएको हो। खेलपछि उक्त जर्सीहरू बिक्रीका लागि अक्सनमा राखिने र ...
: नेपाल सरकार मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले निर्माण गर्न लागेको ४०० केभीको विद्युत् प्रसारण लाइनको काम सुरु भएको छ। नवलपरासीको सुनवल नगरपालिका-१३ सूर्यबस्तीमा सबस्टेशन निर्माण गरेर १८ किलोमिटरको अन्तरदेशीय विद्युत् प्रसारण गरिने छ। त्यसका लागि बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले संयुक्तरूपमा न्यूबुटवल सबस्टेशन ...
: गल्छी–देवीघाट–ढुंगे सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। वीरगन्ज–गल्छी–देवीघाट–ढुंगे–रसुवागढी सडकमार्गको बीचमा रहेको नुवाकोटको देवीघाट-बट्टार सडकखण्डमा मंगलबार बेलुकी गल्छीबाट बट्टारतर्फ जाँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले विदुर नगरपालिका-५ पीपलटारमा ठक्कर दिँदा सोही स्थानका ८० वर्षीय लीलानाथ कोइरालाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। वृद्धको स्थानीयवासीले उद्धार गरी त्रिशूली ...
: रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइक (हर्न)को तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर मंगलबार राति गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मंगलबार राति करिब ९ः४५ बजेतिर आफ्नै घरमा हर्नको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते ...