मुख्य समाचार
निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको
निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको

: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन्। मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत पोखरेलले आयोगमा दल दर्ता अद्यावधिकको प्रक्रियालाई लिएर फैलिएको भ्रम अन्त्य गर्नुपर्ने बताएका हुन्।

अहिलेको सरकार र प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै महासचिव पोखरेलले संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको जानकारी गराए। एमाले लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्ता गर्दै आएको उनको भनाई छ ।


उनले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार भएको बताए। ‘नेकपा (एमाले) लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्तागर्दै आएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार भएको हो।’ पोखरेलले भने,‘अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो ।’



महासचिव पोखरेल वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको दाबी गरे। सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिएको उनको दाबी छ। उनले भने,‘यथार्थतामा वर्तमान सरकार न निर्वाचनतर्फ अग्रसर छ, न त निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत देखिएको छ। बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिन्छन् ।’

संविधानलाई पुनः क्रियाशील बनाउन, जेन्जीको भावनाको सम्बोधन गर्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको एमालेको ठहर छ। उनले भने ‘यस्तो अवस्थामा, २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन, नवयुवा(जेन्जी)हरुको भावनाको सम्बोधन गर्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) सुरु गरिसकेको छ। पूर्वी नेपालको सीमासँग जोडिएको पश्चिम बंगालमा पनि एसआईआर जाँच सुरु भएपछि त्यहाँ वर्षौँदेखि लुकिछिपी ...
: मुख्य सचिव सुमनराज अर्यालले सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती प्रशासनको स्वरुप,सबलता र क्रियाशीलतामा निर्भर हुने बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहणपछि मुख्यसचिव अर्यालले निजामती प्रशासन जति चुस्त,स्वच्छ,इमान्दार , जनसेवी विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जाने बताए। उनले अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत ...
: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्। ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भनेको भन्दै आपत्ति जनाएका हुन्। आज बिहान सामाजिक सञ्जालमार्फत उपमहाचिव ज्ञवालीले एउटा ...
: नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी र युवा संघका नेता-कार्यकर्ताबीच झडप भएको छ। बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए। बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए। स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेका थिए। युवासंघको प्रतिकारमा ...
: जनकपुर बोल्ट्सका खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आमाहरूमाथि सम्मान अर्पण गर्नका लागि बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आ–आफ्नो आमाको नाम लेखिएका जर्सी लगाएर खेल्ने जानकारी दिएको हो। खेलपछि उक्त जर्सीहरू बिक्रीका लागि अक्सनमा राखिने र ...