मुख्य समाचार
प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्
प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्

: नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्।

ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भनेको भन्दै आपत्ति जनाएका हुन्।


आज बिहान सामाजिक सञ्जालमार्फत उपमहाचिव ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद भएको टिप्पणी गरे।



उनले भने,‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो/देखियो। एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ। ’

उनले माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य प्रमुख आयुक्तलाई स्मरण गराए। ज्ञवालीले यति हुँदा हुँदै पनि संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भएको उल्लेख गरे। ‘त्यसमाथि, माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनु पर्ने हो। भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भए।’ उनले भने, ‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका २ साम्दिनबाट पाँचजनालाई पक्राउ गरेको छ । फिदिम २ साम्दिनका धनराज तुम्बापोले ब्राउन सुगरको कारोबार गरेको सूचना पाएपछि उनको घरमा प्रहरीले छापा मारेको थियो । तुम्बापोको घरमा खानतलासी गर्दा १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर फेला परेपछि तुम्बापोसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ...
: भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) सुरु गरिसकेको छ। पूर्वी नेपालको सीमासँग जोडिएको पश्चिम बंगालमा पनि एसआईआर जाँच सुरु भएपछि त्यहाँ वर्षौँदेखि लुकिछिपी ...
: मुख्य सचिव सुमनराज अर्यालले सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती प्रशासनको स्वरुप,सबलता र क्रियाशीलतामा निर्भर हुने बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहणपछि मुख्यसचिव अर्यालले निजामती प्रशासन जति चुस्त,स्वच्छ,इमान्दार , जनसेवी विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जाने बताए। उनले अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत ...
: नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी र युवा संघका नेता-कार्यकर्ताबीच झडप भएको छ। बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए। बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए। स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेका थिए। युवासंघको प्रतिकारमा ...
: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन्। मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत पोखरेलले आयोगमा दल दर्ता अद्यावधिकको प्रक्रियालाई लिएर फैलिएको भ्रम अन्त्य गर्नुपर्ने बताएका हुन्। अहिलेको सरकार र प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै महासचिव पोखरेलले संवैधानिक परीक्षण सर्वोच्च ...