मुख्य समाचार
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ २७९ जनाको अवस्था अज्ञात
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ २७९ जनाको अवस्था अज्ञात

। हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ ।

स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो ।

बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ ।

सबैभन्दा गम्भीर श्रेणी मानिने ‘लेवल–फाइभ’ आगलागी हङकङमा १७ वर्षपछि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट)ले नेपालको भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन अभियान थालेका छन् । अमेरिकी युट्युबर, उद्यमी तथा परोपकारी डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितका लागि आफूहरूले लाखौं डलरको राहत रकम संकलन गरिरहेको जनाउँदै अभियानमा सहयोग गर्न विश्वभरका मानिसलाई आग्रह गरेका छन् । ‘यतिबेला नेपालका विपद् प्रभावितलाई सहयोगको खाँचो छ । ...
। मङ्गलबार राति अमेरिकाको च्याट्सवर्थ स्थित सान फर्नान्डो भ्यालीमा एनबीसी लस एन्जलसको एउटा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। लस एन्जलसका अग्निनियन्त्रकहरूका अनुसार यो घटना मङ्गलबार बेलुकी भएको हो। एन. म्यासन एभिन्युको ९१०० ब्लकमा रहेका दुई व्यावसायिक भवनहरूको बिचमा हेलिकप्टर खसेको हो। हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर र पार्क गरिएका केही गाडीहरूमाथि ...
। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स रूसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। यो प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशहरूमाथि १०० प्रतिशत महसुल लगाउने अधिकार दिनेछ। यसरी अतिरिक्त शुल्क लाग्न सक्ने देशहरूको सूचीमा भारत पनि समावेश छ। यो विधेयकलाई ‘लिन्डेसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ ...
गाजामा इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त एउटा आवासीय भवन भत्किँदा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना बालबालिका र केही महिला पनि समावेश छन् । प्यालेस्टाइनी सुरक्षा निकायका अनुसार बुधबार ६ तले भवन भत्किएको हो । भवनको भग्नावशेषमा दर्जनौं मानिस पुरिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भग्नावशेषमुनिबाट बालबालिकाले सहयोगका लागि चिच्याएको आवाज समेत सुनिन्छ ...
: रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी विधेयकप्रति भारतले कडा आपत्ति जनाएको छ। अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रजेन्टेटिभ्स) मा बिहीबार यस विधेयकमाथि मतदान हुँदै छ। सिनेटबाट ८६-११ को भारी बहुमतले पारित भइसकेको यो विधेयक तल्लो सदनबाट स्वीकृत भएमा अन्तिम हस्ताक्षरका लागि राष्ट्रपतिका टेबलमा पुग्नेछ। यसैबीच भारतीय परराष्ट्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम