मुख्य समाचार
प्रचण्डले प्रधानमन्त्री बन्ने रुचि आफूलाई नरहेको बताए
प्रचण्डले प्रधानमन्त्री बन्ने रुचि आफूलाई नरहेको बताए

। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने रुचि आफूलाई नरहेको बताएका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै उनले जनताको सेवकको रूपमा सधैं काम गर्ने इच्छा आफूमा रहेको बताएका हुन् ।

‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन,’ प्रचण्डले भने ।

कार्यक्रममा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।

आफू भगवान नभएको भन्दै संयोजक प्रचण्डले धेरै वर्षदेखि जनताप्रति समर्पित भएको र जनताकै सेवक हुने बताए । जनताले र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट आफू कहिल्यै पछि नहट्ने उनको भनाइ थियो ।

देशको अहिले अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको भन्दै उनले यो अवस्थाबाट देशलाई पार लगाउन “निर्वाचन नै उत्तम विकल्प” भएको बताए ।

सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै उनले संविधानलाई सही ट्र्याकमा फर्काउनका लागि निर्वाचनमा सरकार केन्द्रित हुनुपर्ने बताए ।

संयोजक प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको दाबी गर्दै ढाँट, झुट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्र्याकमा ल्याउन देशमा निर्वाचको वातावरण बनाउने तर्फ लाग्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने गैर सरकारी संघ–संस्था (एनजीओ) माथि छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही गैर सरकारी संघसंस्थाहरूले विधान विपरीत गतिविधि गरेको, कार्यसमितिले मनोमानी ढंगले काम गरेको र आर्थिक अनियमितता समेत हुने गरेको गुनासो आएको भन्दै छानबिन थालिएको जनाएको हो । छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय ...
। प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्तिको आलोचना भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेत सम्हालेकी प्रधानमन्त्री कार्कीको मुस्लिम समुदाय सम्बन्धी धारणा आलोचित बनेको हो । लैंगिक हिंसा विरुद्धको अभियान सुरु गर्ने क्रममा व्यक्त धारणा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृति भएको मुस्लिम अगुवाहरूले बताएका ...
। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा भएनभएको जानकारी लिए । आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले तीन सिफ्टमा काम गराउन शहरी ...
। प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ । आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको ...
। प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ वर्षीय विशाल थापा मगर, सिन्धुलीको दुधौली-६ का २० वर्षीय गणेश तामाङ र सर्लाहीको बाग्मती-२ का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी २१ ...