मुख्य समाचार
मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण

। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा भएनभएको जानकारी लिए । आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई पटक पटक निर्देशन दिएका थिए ।

तर, बुधबार उनको आकस्मिक अवलोकनमा तीन सिफ्टमा काम भएको पाइएन । निर्देशनअनुसार तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेको मन्त्री घिसिङले निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री घिसिङले नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताएका छन् । संसद् भवन निर्माण एकदमै महत्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरबाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी पनि दिए ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ ।

आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।

यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेका भवनहरूमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरेका थिए ।

धेरै मेहनत नगरिए तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेको भन्दै उनले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने गैर सरकारी संघ–संस्था (एनजीओ) माथि छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही गैर सरकारी संघसंस्थाहरूले विधान विपरीत गतिविधि गरेको, कार्यसमितिले मनोमानी ढंगले काम गरेको र आर्थिक अनियमितता समेत हुने गरेको गुनासो आएको भन्दै छानबिन थालिएको जनाएको हो । छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय ...
। प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्तिको आलोचना भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेत सम्हालेकी प्रधानमन्त्री कार्कीको मुस्लिम समुदाय सम्बन्धी धारणा आलोचित बनेको हो । लैंगिक हिंसा विरुद्धको अभियान सुरु गर्ने क्रममा व्यक्त धारणा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृति भएको मुस्लिम अगुवाहरूले बताएका ...
। प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ । आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको ...
। प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ वर्षीय विशाल थापा मगर, सिन्धुलीको दुधौली-६ का २० वर्षीय गणेश तामाङ र सर्लाहीको बाग्मती-२ का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी २१ ...
। विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा ३५ जोडीको सामूहिक विवाह भइरहेको छ। जनकपुरधाम उपमहानगरपालिका १३- स्थित मनिमण्डपमा विश्व हिन्दु परिषद्को आयोजनामा प्रत्येक वर्ष पनि सामूहिक विवाह हुन लागेको हो । साँझ एकै मञ्चमा ३५ जोडीको स्वयम्वर सम्पन्न भएको छ । उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष जितबहादुर राउतका अनुसार विवाहको सम्पूर्ण खर्च विश्व हिन्दु परिषद्ले र स्थानीयलेले ...