मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने गैर सरकारी संघ–संस्था (एनजीओ) माथि छानबिन
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने गैर सरकारी संघ–संस्था (एनजीओ) माथि छानबिन

। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत काम गर्ने गैर सरकारी संघ–संस्था (एनजीओ) माथि छानबिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही गैर सरकारी संघसंस्थाहरूले विधान विपरीत गतिविधि गरेको, कार्यसमितिले मनोमानी ढंगले काम गरेको र आर्थिक अनियमितता समेत हुने गरेको गुनासो आएको भन्दै छानबिन थालिएको जनाएको हो ।

छानबिनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ तीन सदस्यीय समिति गठन गरिएको छ ।

उक्त समितिले दर्ता भएका संस्थाका विवादित विषयमा प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय लिइने जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले अनलाइनखबरलाई जानकारी दिए ।

छानबिनका क्रममा कैफियत देखिएका संस्थाको नविकरण रोकिने उनले बताए ।

‘गैर सरकारी संस्थाहरूका बारेमा गुनासो र उजुरीहरू आएको छ, छानबिन समितिले प्रतिवेदन बुझाएपछि निर्णय लिन्छौं,’ उनले भने ।

छानबिनमा कुनै गैर सरकारी संस्थामा आर्थिक अनियमिता भएको पाइए असुल उपर गरिने बताउँदै उनले त्यस्ता संस्थाका कार्यसमिति नै भंग गरेर नयाँ गठन गर्न लगाइने बताए ।

अन्य संस्थाहरूका हकमा भने नियमित संस्था दर्ता, नविकरण जस्ता कार्य सुचारु रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेको अभिव्यक्तिको आलोचना भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेत सम्हालेकी प्रधानमन्त्री कार्कीको मुस्लिम समुदाय सम्बन्धी धारणा आलोचित बनेको हो । लैंगिक हिंसा विरुद्धको अभियान सुरु गर्ने क्रममा व्यक्त धारणा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृति भएको मुस्लिम अगुवाहरूले बताएका ...
। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा भएनभएको जानकारी लिए । आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले तीन सिफ्टमा काम गराउन शहरी ...
। प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ । आज (मंसिर १०) गतेसम्मका लागि तय गरिएको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको ...
। प्रहरीले पर्यटकहरूलाई अनावश्यक हैरानी दिने र लुटपाट गरेको आरोपमा १३ जनालाई ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर-५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका-४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर-३का २४ वर्षीय विशाल थापा मगर, सिन्धुलीको दुधौली-६ का २० वर्षीय गणेश तामाङ र सर्लाहीको बाग्मती-२ का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी २१ ...
। विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा ३५ जोडीको सामूहिक विवाह भइरहेको छ। जनकपुरधाम उपमहानगरपालिका १३- स्थित मनिमण्डपमा विश्व हिन्दु परिषद्को आयोजनामा प्रत्येक वर्ष पनि सामूहिक विवाह हुन लागेको हो । साँझ एकै मञ्चमा ३५ जोडीको स्वयम्वर सम्पन्न भएको छ । उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष जितबहादुर राउतका अनुसार विवाहको सम्पूर्ण खर्च विश्व हिन्दु परिषद्ले र स्थानीयलेले ...