मुख्य समाचार
लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम
लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ।


बिहीबार त्रिवि क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा लुम्बिनीले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाउँदै १४५ रनसहित लक्ष्य पूरा गरेको हो।


यो जितसँगै सुदूरले प्लेअफ सम्भावना बलियो बनाएको छ। सुदूरपश्चिमको यो चौथो जित हो भने लुम्बिनीको यो तेस्रो हार हो।



सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६९ रनमा अविजित रहे। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर जोश ब्राउनको विकेट गुमायो। उनले ७ बलमा २ चौकासहित ९ रनमा क्याच भए।

दोस्रो विकेट वान डाउन आएका क्रिस लिनको गायो। उनले १४ बलमा १ चौका र २ छक्कासहित १६ रन बनाउँदै क्याच भए।

तेस्रो विकेटको रूपमा आरिफ शेखको विकेट गयो। उनले ३७ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए। उनले तेस्रो विकेटको लागि आरिफ शेखसँग ९९ रनको साझेदारी गरे। हर्मित सिंह ७ रनमा अविजित रहे।

लुम्बिनी लायन्सका लागि अभिषेश गौतम, रुबिन ट्रम्पलमेन र तिलक राज भण्डारीले १–१ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रन बनाएको थियो।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३६ बलमा ३ चौकाप्रहार गरे। उनले दिलिप नाथसँग ५२ रनको साझेदारी गर्दै लुम्बिनीलाई १०० माथिको रनमा पुर्याए। १२.२ मा अभिनाश बोहोराको बलमा नरेन साउदले २९ बलमा २९ रन बनाएका रोहित पौडेलको क्याच छुटाए। त्यसपछि जीवनदान पाएका रोहितले त्यसपछिको २ ओभरपछि उनको विकेट गयो।

ओपनरद्वय डार्सी सर्ट र सुमित महर्जनले समान १८/१८ रन बनाए। दिलीप नाथले ३१ रन, गुल्बदिन नैबले ११ रन बनाए। त्यसपछिका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। १०४ रनमा तेस्रो विकेट गुमाएको लुम्बिनीले ३९ रनमा अन्य विकेट गुमायो।

सुदूरपश्चिम रोयल्सका लागि अभिनाश बोहोरा र हर्मित सिंहले ३–३ विकेट लिए। हेमन्त धामीले २ विकेट र स्कट केइगुलिनले १ विकेट लिए।

सुदूरपश्चिम हालसम्म अपराजित रहेको छ। सुदूरले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा सुदूरले पोखरालाई १८रन र कर्णालीलाई ४५ रनले हराएको थियो।

लुम्बिनीले भने पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। त्यसपछिको २ खेलमा भने लुम्बिनीले हार बेहोरेको थियो। कर्णाली याक्ससँग ९ विकेट र काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।

आजको दोस्रो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आयरल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसमा विजयी सुरुवात गरेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको दोस्रो खेलमा आयरल्यान्डले पीएनजीलाई ४१ रनले हराउँदै विजयी सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। आयरल्यान्डले दिएको १४७ रनको ...
: साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा अन्तिम सेकेन्डमा गोल खाँदा नेपालले भारतसँग अंक बाँडेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल र भारतले ३–३ बराबरी खेले । नेपालका लागि विक्रम नरसिंह रानाले पहिलो गोल गरे। त्यसको केही सेकेन्डमै नेपालले बराबरी गोल व्यहाेर्याे। भारतका लाल्टुएन्जेलाले बराबरी गोल फर्काए। नेपालका लागि अमित लामाले दोस्रो ...
— नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको छ । टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइल्यान्डको जितमा नात्थीकन ५थमले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ३९ बलमा १ छक्का ...
— नटिंघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ । आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन। शनिबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित भएको हुनाले आर्सनल अनुकुल स्थितिमै रहेको हो । यस्तै चौथोमा रहेको लिभरपुल पनि बर्नलीको हातबाट ...
— घरेलु फुटबलका सदाबहार प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा ओर्लेको त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलको आफ्नो पहिलो खेलमा शनिबार प्रभावशाली जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराएको हो । अन्य दुई खेलमा भने माथिल्लो स्तरको फुटबलमा पहिलो पटक खेलिरहेका चित्लाङ एफसी र प्लानिङ ब्वाइज युनाइटेड पनि विजयी ...