मुख्य समाचार
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरूले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरूले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने

: नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरूले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचन होमिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस विशेष महाधिवशेनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित सभामा उनीहरूले पुराना गल्ती कमजोरीलाई सुधार गर्दै विधान संशोधन गरी नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने बताएका हुन्।


सभामा कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षरको अवमूल्यन नगर्न सुझाव दिए। उनले मंसिर मसान्त वा पुस पहिलो साता विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व र नीतिका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए।

घिमिरेले समयमा महाधिवेशन नगर्ने नियतका साथ पार्टीको केन्द्रीय कार्यसमिति बैठक लम्ब्याइएको आरोप लगाए। उनले विशेष महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले पनि सहजीकरण गर्नुपर्ने भन्दै महाधिवेशनपछि देउवालाई सम्मानित नेताका रूपमा अघि बढाउने जिकिर गरे। पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नका लागि विशेष महाधिवेशनको माग गरको उनको भनाइ छ।

त्यस्तै अन्य नेताहरूले अब बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका थिए। उनीहरूरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्नेहरूमाथिको अपमान स्वीकार्य नहुनेसमेत बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन्। नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी ...
: नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता भएको हो। नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। ...
: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ। यसअघि ६ हजार ५ सय शुल्क रहेकामा बुधबारबाट लागू हुनेगरी बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ...
: नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन्। कांग्रेसको आन्तरिक ...