मुख्य समाचार
सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध कारोबारमा संलग्न चार जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ
सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध कारोबारमा संलग्न चार जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ

: सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध कारोबारमा संलग्न चार जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ।

मंगलबार राति दुहवी नगरपालिका–१० स्थित जगुवा चोकको एक होटलबाट चार जनालाई पक्राउ गरेको हो।


प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका चारैजना भारतीय नागरिक रहेको सुनसरीका प्रहरी प्रमुख एसपी केशब कुमार थेबेले बताए।



प्रहरीलाई देखेपछि शंकास्पद वस्तु फालेर भाग्न खोजेका ती व्यक्तिलाई पक्राउ गरी थप खोजतलासी गर्दा बुधबार सेतो प्लाष्टिकका दुई पोकाभित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ११.६ ग्राम बरामद गरिएको एसपी थेबेले बताए।

पक्राउ पर्नेमा भारतका १८ वर्षीय महमद हैदर, २६ वर्षीय सिन्टु कुमार पासमान, २८ वर्षीय सुमित कुमार पासमान र १८ वर्षीय गौरव झा रहेका छन्।

उनीहरूलाई ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको एसपी थेबेले बताए।

यस्तै प्रहरीले चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पक्राउ गरेको छ। पूर्वबाट पश्चिमतर्फ पैदल जाँदै गरेका उनलाई चेकजाँच गर्दा झोलाभित्र लुकाइएका २०/२० एम्पुलका डाइजेपाम, फेनार्गन र ब्रुफे नर्फिन गरी कुल ६० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन्। नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी ...
: नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता भएको हो। नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। ...
: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ। यसअघि ६ हजार ५ सय शुल्क रहेकामा बुधबारबाट लागू हुनेगरी बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ...
: नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन्। कांग्रेसको आन्तरिक ...