मुख्य समाचार
उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश

: उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत असोज २६ गते पक्राउ गरेको थियो। ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न सिआईबीले उनलाई पक्राउ गरेको थियो।


सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठित आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा महरा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन्। नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी ...
: नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता भएको हो। नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। ...
: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ। यसअघि ६ हजार ५ सय शुल्क रहेकामा बुधबारबाट लागू हुनेगरी बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ...
: नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन्। कांग्रेसको आन्तरिक ...